बिएल संवाददाता
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको प्रतिस्पर्धा र कुनै हार-जितबाट पार्टीलाई कमजोर हुन नदिने बताएका छन्।
नेपाली काँग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार सम्बोधन गर्दै सभापति देउवाले काँग्रेसलाई बलियो बनाउन कार्यकर्तालाई आह्वान गरे।
‘हामीबीच मेलमिलाप हुन आवश्यक छ। हामीबीच पनि प्रतिस्पर्धा हुन्छ। जित-हार हुन्छ’, देउवाले भने, ‘अझै पूर्णरुपमा मेलमिलाप हुन सकेको छैन। अब हामी मिलेर अघि बढ्नुपर्छ।’
उनले देशको निर्वाचन प्रणाली नै त्यस्तै भएका कारण कुनै पनि पार्टीको बहुमत आउन नसक्ने भन्दै तर काँग्रेसलाई बलियो बनाउनका लागि ‘ग्रासरुट’बाटै सुदृढ बनाउन पनि अपिल गरे।
‘यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने अवस्था हुँदैन। हामी सबैको त्यस्तै हो’, उनले भने, ‘यो पार्टीलाई सुदृढ गर्दै ग्रासरुट लेभलदेखि नै पार्टीलाई पूर्णरुपमा प्रतिवद्ध बनाएर बलियो बनाउन सबै साथीहरू लाग्नुपर्नेछ।’
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया