महेश चौलागाईं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्ला छोडेका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बलियो उम्मेदवार उठाएपछि शाहीले जुम्ला छोडेका हुन्।
जुम्ला छोडेका शाही सुर्खेत–२ बाट चुनाव लड्ने पक्कापक्की छ। नेकपाले जुम्लाको विकासमा महत्वपूर्ण भूमिका खेलेका नरेश भण्डारीलाई उम्मेदवार बनाएपछि राप्रपाकै नेताहरूले शाहीलाई जुम्ला छोड्न आग्रह गरेका स्रोतले बतायो।
राप्रपा स्रोतका अनुसार माओवादीले गत निर्वाचनमा उठाएजस्तै यसपटक नेकपाले पनि कमजोर उम्मेदवार उठाउने अपेक्षा गरेका थियो। नेकपाले पूर्व उम्मेदवार गोमा कुवँर वा क्षिरिङ ल्हामु लामालाई उठाउने राप्रपा नेताहरूले आकलन गरेका थिए।
तर, नेकपाले आफ्नो रणनीति बदल्दै पूर्व प्रतिनिधिसभा सदस्य तथा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाई उम्मेदवार बनाइदियो। अनि फेरियो जुम्लाको राजनीतिक माहोल। त्यसपछि राप्रपाकै नेताहरूको सुझाव अनुसार गृह क्षेत्र छोडेर शाही सुर्खेत हानिएका नेताहरू बताउँछन्।
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनामा भण्डारीको मुख्य भूमिका रहेको स्थानीयवासीको बुझाइ छ।
‘उहाँ (शाही) राष्ट्रिय फिगर हो, संसदमा चाहिने मान्छे हो। तर, यहाँको माहोल फरक भइसकेपछि हामीले नै क्षेत्र फेर्न भनेका हौं। हामीले दुवैजनालाई संसदमा देख्न चाहेकाले एकै ठाउँमा नभिडौं भनेका हौं,’ राप्रपा जुम्लाका एक नेता भन्छन्।
यद्यपि, यस विषयमा शाहीले भने औपचारिक प्रतिक्रिया दिएका छैनन्। प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै कर्णाली प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा दलगत उम्मेदवार छनोट र राजनीतिक गतिविधि तीव्र बनेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया