महेश चौलागाईं
जुम्लामा नेपाली कम्युनिष्ट पार्टीद्वारा आयोजित एकता सन्देश भेला शुक्रबार सम्पन्न भएकाे छ।
एकता भेलामा दलका अगुवा नेता र कार्यकर्ताको ठूलो सहभागिता थियो।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ११ दलको समायोजनबाट बनेको नेकपाको भेलामार्फत दीगो कम्युनिष्ट केन्द्र निर्माण र जनपक्षीय स्थिरता कायम गर्ने लक्ष्य राखिएको नेताहरू बताउँछन्।
कार्यक्रममा केन्द्रीय आयोजक समिति सदस्य नरेश भण्डारीले देश राजनीतिक सङ्कटका बीच कम्युनिष्ट एकता ऐतिहासिक कदम भएको बताए। उनले आधारभूत पूर्वाधार विकासदेखि सामाजिक न्यायसम्मका एजेन्डा कम्युनिष्ट नेतृत्वमै प्रभावकारी बन्ने दाबी गरे।
त्यसैगरी, पदमबहादुर रोकाया र गोमा गौतम कुँवरलगायत वक्ताहरूले जुम्लामा बढ्दो कम्युनिष्ट शक्ति र आगामी निर्वाचनमा साझा मतको आवश्यकतामा जोड दिए।
भेलाकै अवसरमा पातारासी–२ र ३ का १४ जना (१ जना एमाले, १३ जना कांग्रेस) नेता कार्यकर्ताहरू नेकपा प्रवेश गरेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया