सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
संखुवासभा जिल्ला अस्पतालबाट एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा बच्चाको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ।
बिएल संवाददाता - संखुवासभा