मङ्गलबार, १८ नोभेम्बर २०२५

वैदेशिक रोजगार कसुरमा लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

न्यायधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार कसुर मुद्दामा स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर प्रालिका निर्देशक लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुगु आगलागी: बहिनीलाई बचाउन खोज्दा आफैँ जले विशाल

राति २ बजे घरभित्र आगो दनदनी जलेको विशालले देखेका रहेछन्। विशालकी आमा सरस्वती र विशाल बाहिर निस्के विशालकी आमा छिमेकीलाई गुहार माग्न थालिन्। विशालले बहिनी भित्रै रहेको थाहा पाएर बहिनी बचाउन भित्र पस्दा बाहिर निस्कनै नपाई बहिनीसँगै आगोमा जलेर  विशालको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

दुई सय ८५ किलो गाँजासहित पनौतीबाट ३ जना पक्राउ

पनौती नगरपालिका–५ आइटी पार्कस्थित पनौती–बनेपा सडकखण्डमा आज बिहान सवारी जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

डडेल्धुरामा आगो ताप्ने क्रममा निसास्सिएर सासू-बुहारीको मृत्यु

एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

मुगुको खत्याडमा आगलागी हुँदा एक जनाको मृत्यु, एक बेपत्ता

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले दिएको जानकारीअनुसार राति बालबच्चासहित आमा सरस्वती सन्ज्याल, १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीया छोरी झरना सन्ज्याल घरको गोठमा सुतेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ

जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा परिरहेको छ। यसले संसारलाई नै सङ्कटको डिलमा पुर्याइदिएको छ। सङ्कट एकपछि अर्को गर्दै बढिरहेको छ। यस्तो बेला आम नागरिकलाई सही र वस्तुनिष्ठ सूचना दिनु राज्यको कर्तव्य नै बनिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - फिनल्याण्ड

धरहराको पार्किङ बन्द गर्न भन्दै पत्र आएपछि बालेनले भने- याे पत्र ओलीलाई लेख्नु

मेयर बालेन साहले निर्माण पूरा नभइकन पार्किङ गराउने नमिल्ने पत्राचार गरेको भन्दै सामाजिक सञ्जालमार्फत् आक्रोश पोखेका छन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सामाजिक सुरक्षा कोषमा मधेश प्रदेशका ४७ स्थानीय तह आवद्ध

मधेश प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आइतबार समझदारीपत्रमा हस्ताक्षरसमेत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

गण्डकीको बीउबिजन विधेयक समितिद्वारा पारित

गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको छ। गत भदौ १५ गते प्रदेशसभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित पारित गरिएको समितिका सभापति फणीन्द्र देवकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

बूढीगण्डकी आयोजनाको काम अघि बढ्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा रु एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

बौडेश्वर मन्दिर परिसर निर्माण गरिने

धार्मिक, ऐतिहासिक एवं पुरातात्त्विक महत्वको काठमाडौँको झोरस्थित बौडेश्वर महादेव मन्दिर परिसर निर्माणका लागि तारकेश्वर र टोखा नगरपालिकाले लगानी गर्ने भएका छन्।  ती दुई नगरपालिकाले संयुक्त रूपमा रु एक करोड ९९ लाख ९६ हजार आठ सय ४४ सहयोग गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हराउँदै थारु समुदायको परम्परागत घर

थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन्। थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन्। 'अचेल काठको घर अधिकांशले बनाउन छोडिसके। इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्', बेदकोटका राजेश रानाले भने, 'पुराना काठका घर विस्थापित हुँदैछन्।'

बिएल संवाददाता

बिएल संवाददाता - बेदकोट

अदालतले ४ कराेड जरिवाना ताेकेपछि भागेकी मन्दिरा ९ वर्षपछि पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा ३ वर्ष कैद सजाय तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा घर भएकी ४५ वर्षीया मन्दिरा केसी (कार्की) छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इच्छराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना

विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै सम्पत्ति शुद्धीकरण मुद्दामा ३ वर्ष कैद र बिगो वमोजिम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्षमान पुनद्वारा घोराही–खुंग्री १३२ केभी प्रसारण लाइनको निरीक्षण

रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले आइतबार खुंग्रीस्थित आयोजनास्थल पुगेर आयोजनाका कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिसँग कामको प्रगतिबारे जानकारी लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - राेल्पा

धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई होटलको सुविधा

रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी (बेनी)

भोलिदेखि संसद अधिवेशन, सभामुख घिमिरेद्वारा बैठक कक्षको अवलोकन (तस्बिरहरु)

सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिमपातले कर्णालीमा जनजीवन प्रभावित

अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको गुठीचौर गाउँपालिका स्थानीय दीपक बुढाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशभर बदलीः कहिले हुन्छ सुधार?

विगत २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं