बुधबार, ०६ अगस्ट २०२५

६ महिनामा १० लाखभन्दा बढी सवारी साधन कारबाहीमा, ७९ कराेड राजस्व संकलन

गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु. ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयले लगाए ट्रकमा आगो

मृत्यु हुनेमा दुहबी नगरपालिका- ९ का २५ वर्षीय नगेन चौधरी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल पुर्‍याउँदा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

कार्यकारी भूमिकामा रहेका व्यक्तिहरु इमान्दार नहुन्जेल भ्रष्टाचार नियन्त्रणमा आशातीत सफलता हासिल गर्न सकिँदैन

ष्टाचारविरुद्धको लडाइँ आयोग एक्लैको मात्र होइन, यो एक बहुआयामिक विषय भएको हुँदा यसका लागि सामूहिक प्रयासको खाँचो छ। सुशासन स्थापनाका लागि हरेक नागरिक परिवर्तनको अभियन्ता बन्न सक्नुपर्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अफताब आलमविरुद्ध मुद्दाको आजदेखि सुनुवाइ हुने

ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन थाालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आफैँ डाक्टर उत्पादन गर्ने दीर्घकालीन याेजनामा तातोपानी गाउँपालिका

जुम्लाको तातोपानी गाउँपालिकाको १४औँ गाउँसभाले एमबिबिएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिनेसम्बन्धी कार्याविधि पास गरेको छ। कार्यविधि पास भएसँगै एमबिबिएस पढ्ने विद्यार्थीले छात्रवृत्ति पाउनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

अख्तियारलाई भ्रष्टचार र अनियमितता छानबिनमा सरकारले हस्तक्षेप गर्दैनः प्रधानमन्त्री

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सङ्क्रमणकालीन न्यायको विषयमा सहमति हुन नसके प्रक्रियामै गएर टुङ्ग्याउनुपर्छ : लेखक

सांसदहरू कानुन निर्माणमा भन्दा निर्वाचन क्षेत्रको विकासमा बढी केन्द्रित हुने गरेका छन्। हामीले चुनावमा जाँदा मतदातामाझ कानुन तथा नीतिका कुरा नभएर विकासका मुद्दा अघि सारेर चुनाव लड्ने गरेका छौँ। सबै सांसदको समस्या यही हो। चुनावमा जाँदा जनताले विकासका कुरामात्र गर्छन्। हामी पनि उहाँहरूसँग विकासको प्रतिबद्धता बढी मात्रामा व्यक्त गरिरहेका हुन्छौँ। सांसद भएर आइसकेपछि संसद्मा पनि विकासकै विषयमा चासो र रुचि हुनु स्वाभाविक हो। सांसदले कानुन र विकासका काम एकसाथ गर्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

आफैँले चलाएको विद्युतीय आरोले काट्दा एक जनाको मृत्यु

आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मलेखु

बस्ती विस्तार भएपछि निसीमा खानेपानीको समस्या

बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ। अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

रास्वपाका नेता सवार कार विद्यार्थी बाेकेकाे बससँग ठाेक्कियाे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सवार कार र पार्किङमा राखिएको बस फर्काउदा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय, सुखडमा अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

वीपीका आन्दोलित कर्मचारी काममा फर्किए

रोकिएको बढुवा प्रक्रियाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्न कामु उपकुलपति प्रह्लाद कार्की सहमत भएपछि शिक्षक कर्मचारी आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

यस्ताे छ सुदूरपश्चिम प्रदेश सरकारको एक वर्षको उपलब्धि

उनले भने, ‘प्रदेश प्रमुख, सभामुख, प्रदेशसभा सदस्य, पालिका तहका जनप्रतिनिधि, प्रशानिक नेतृत्व र राजनीतिक दलसँगको बढेको आपसी विश्वास र सहयोगबाट नै आफ्नो कार्यकालको सफल भएको ठानेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

सागर र हिमालका समस्या समाधानमा एकीकृत प्रयास गर्नुपर्छ: परराष्ट्रमन्त्री साउद

अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा भइरहेको सम्मेलनमा मन्त्री साउदले हिन्द महासागरलाई भूगोलका रुपमा सीमित नभई संसारको सभ्यताको केन्द्ररुपमा रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुम्लाको रत्नचूडेश्वर माविमा राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रम 

पछिल्लो समय संसारभर डिजिटल कारोबार भइरहेको छ। विश्व समुदाय डिजिटल युगमा प्रवेश गरिसकेको हुनाले पनि वित्तीय साक्षरता आवश्यक रहेको राष्ट्रिय वाणिज्य बैंक जुम्लाका सहायक प्रवन्धक भवानी प्रसाद पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान

विभागले खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अन्तर्गत विभिन्न १७ प्रकृतिका एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागअन्तर्गत खनिज सम्पदा महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिए। नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेकाले उत्खननका लागि अनुमति प्रदान गरिएको उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता, सातामा २८ उडान गर्नुपर्ने

द्विपक्षीय हवाई सम्झौतामा दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको छ। ‘अहिलेलाई दुई–दुई वटा एयरलाइन्स तोकिएका छन्, आवश्यकताअनुसार थप्न सकिने प्रावधान छ। तेस्रो मुलुकमा उडान गर्नसक्ने ‘थर्डकन्ट्री कोड सेयर’ को प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ’, सहसचिव लामिछानेले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाईघाटमा मेडिकल कलेज सञ्चालन गरिन्छ: शिक्षामन्त्री राई

मन्त्री राईले भने, ‘लामो समयदेखि उदयपुरमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने विषयमा यसअघिका सरकारलाई पनि यहाँका सरोकारवाला निकाय तथा नागरिकले माग ज्ञापन बुझाउनुभएको थियो। यस विषयमा वर्तमान सरकारले अनुमति प्रदान गर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी एसएसपी पोखरेललाई

त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छः प्रधानमन्त्री प्रचण्ड

आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपछि नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै उनले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं