शुक्रबार, १४ नोभेम्बर २०२५

सप्तकोशी ब्यारेजका ४१ ढोका खोलिए

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ। अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेसबाहेक सबै प्रदेशमा भारी वर्षाकाे सम्भावना

देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह

वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ। आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख तीन हजार आठ सय ६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - इनरुवा

पहिरोमा परी स्याङ्जामा २ को मृत्यु, १ जना बेपत्ता

स्याङ्जामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। शनिबार विरुवा गाउँपालिका-६ लामाखेतमा ईश्वरी लम्सालको घरमा पहिरो जाँदा विरुवा-६ माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - स्याङ्जा

आफ्नो सुरक्षाकर्मीको निधनप्रति ओलीद्वारा दुःख ब्यक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्। ओली निवास बालकोटमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर थापाको आज विहान निधन भएको थियो। उनलाई सुतिरहेको ठाउँमा आज विहान ५ बजे उनलाई बेहोस अवस्थामा फेला पारिएको र लगत्तै भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेको बताइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध

अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरिएको छ। जैमिनी–१ र वडा नं ४ को बीच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत् आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो। कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोले उक्त बाँधमा क्षति पुर्याएको बारही हाइड्रोपावरका प्रशासन प्रमुख लिलानाथ पौडेलले बताए। पहिरोका कारण बाँध पुरिँदा विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको उनले जानकारी दिए। उनले १.५ मेगावट विद्युत् उत्पादन हुने आयोजनालाई पुनःसञ्चालन गर्न समय लाग्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बलेवा

सप्तकोसीमा जलसतह यो वर्षकै उच्च

सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ। दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धरान

उर्लियाे बल्खु खाेला (तस्बिरहरु)

काठमाडाैँकाे कलंकीस्थित बल्खु खाेलाकाे सतह बढेकाे छ। शुक्रबारदेखि निरन्तर पानी पर्दा खाेलाकाे सतह बढेकाे हाे। खाेलाले आसपासका संरचनाहरुमा क्षतिसमेत पुर्याएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - कलंकी

नागार्जुनमा पहिराेमा परेर घाइते भएका विककाे उपचारकाे क्रममा मृत्यु

अविरल वर्षासँगै शनिबार बिहान ११ बजेतिर ट्रपिकल रेस्टुरेन्टकाे भान्सा काेठा पहिराेले पुरिँदा गाेरखाकाे शहीद लखन गाउँपालिका- ६ का २२ वर्षीय मनाेज विककाे मृत्यु भएकाे काठमाडाैँ प्रहरी परिसरले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँका नदीहरुमा जलप्रवाह उच्च, किनारा क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

शुक्रबारदेखि नियमित परिरहेको वर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरुमा पानीको बहाव उच्च भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

डाक्टरको एक लापरबाहीले लियो ‘फाखरा’को ज्यान

२०६३ सालमा सर्वोच्च अदालतको आदेशमा कार्यकारी जिल्ला स्वास्थ्य अधिकृत डा इफ्तिखार हुसेन कुरैशीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो, जसको प्रतिवेदनमा लेखिएको थियो, ‘यो दुखद घटना तब सुरु भयो जब विशेषज्ञ डाक्टरले नभई विशेषज्ञता नभएका एक मिडवाइफ लेभलले डोज दिएपछि बिरामीको अवस्था बिग्रियो र सीपीआर दिन सकिएन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओली-निवास बालकाेटमा खटिएका सुरक्षा प्रमुख उमेश थापा मृत फेला

ओलीकाे निजी निवासकाे सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापा आफ्नै घर सूर्यविनायक नगरपालिका- ९ गुण्डुमा शनिबार बिहान मृत भेटिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

काठमाडाैँमा बिहानैदेखि वर्षा, चार प्रदेशका केही-केही स्थानमा अतिभारी वर्षाकाे सम्भावना

देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। सिमकोट विमानस्थल क्षेत्रको मौसम खराब हुँदा बुधबारदेखि जिल्लाको हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - हुम्ला

एसईईमा जिल्लाकै उत्कृष्ट विद्यार्थी सम्मानित

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने पाल्पाका विद्यार्थीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ। नगरको नमूना विद्यालय दरैठाँटी माध्यमिक विद्यालयबाट चार जिपिए ल्याइ जिल्लामै उत्कृष्ट हुन सफल छात्रा पूर्णिमा लक्ष्मी कुँवरलाई नगरपालिकाले नगदसहित सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रामपुर

महाभारतमा उत्पादित कफी जापान निर्यात

काभ्रेपलाञ्चोकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ। कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रे

ठूलो मात्रामा भारतीय कुखुराको चल्ला बरामद

रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबंधित भारतीय कुखुराको चल्ला बरामद गरेको छ। सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले परोहा नगरपालिका– ८ कबीर चौक स्थित तस्करले भारतीय बजारबाट लुकाई छिपाई ल्याएको एकलाख ७० हजार मूल्य बराबरको १ हजार ७०० थान कुखुराको चल्ला बरामद गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

छुम्बी लामा बने क्यानको प्रवक्ता

नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ। क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट मनोनीत सदस्य छुम्बीलाई प्रवक्तामा नियुक्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

क्रिप्टो कारोबारमा संलग्न भएको अभियोगमा ६ जना पक्राउ

क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार विराटनगर महानगरपालिका– १५ स्थित सोहिता कर्णको घरको दोस्रो तला भाडामा लिएर क्रिप्टो कारोबार गरिरहेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर