बिएल संवाददाता
कुरा ३२ वर्षअघिको हो। २०४७ साल चैत ३ गते सविता (परिवर्तित नाम)लाई वीरबहादुर तामाङले श्रीमानकहाँ पुर्याउने भन्दै सँगै लगेर काठमाडौँबाट हिडे।
सविताका श्रीमान ब्रुनाईमा रोजगारीका सिलसिलामा थिए। तामाङले सवितालाई श्रीमानको चिठ्ठी ‘श्रीमतीलाई ल्याइदिनु’ भन्ने छ भन्दै काठमाडौँबाट लिएर हिडेका थिए।
तर उनले ब्रनाई नपठाएर सवितालाई काँकरभिट्टा हुँदै भारत पुर्याए। भारतको पश्चिम बंगालको बागडोग्रा भन्ने ठाउँमा लगेर तामाङले भारु १० हजारमा सवितालाई बेचिदिए।
३२ वर्षअघि तामाङले म भोलि आउँछु भनेर दुई जना भारतीयको जिम्ममा उनलाई छाडेका थिए। तर पछि सवितालाई रिक्सामा हालेर अनेत्रै लैजानेक्रममा भागेर भारतीय प्रहरीमा पुगेपछि उनको उद्धार भएको थियो।
भारतीय प्रहरीले उनलाई काँकरभिट्टामा ल्याएर छोडेपछि सविताले सोही समयमा नै तामाङविरुद्ध मानब बेचबिखनको उजुरी प्रहरीमा दिएकी थिइन्।
प्रहरीले तामाङलाई फरार सूचीमा राखेर खोजेको भएपनि पक्राउ गर्न सकेको थिएन। ३२ वर्षपछि बुधबार मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रहरी टोलीले तामाङलाई ललितपुरबाट पक्राउ गरेको छ।
तामाङको घर धादिङको मेत्रावती गाउँपालिका– २ मा रहेको मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले जानकारी दिए।
३२ वर्षअघि तामाङ मात्र २५ वर्ष थिए। हाल ५७ वर्ष पुगेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया