बिएल संवाददाता
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भौतिक प्रगति पहिलेभन्दा राम्रो भइरहेको बताएका छन्।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले विगत २७ महिनाको भन्दा आफू सरकारमा आएको आठ महिनाको प्रगति धेरै भएकाे बताए।
‘हामी आउँदा २७ महिनाको प्रगति मात्र पाँच प्रतिशत थियो। अहिले आठ महिनाकोबीचमा कम्तिमा ८–९ प्रतिशत काम अगाडि बढेको छ,’ उनले भने, ‘काम तीब्र भइरहेको छ त भन्न मिलेन तर पहिलेभन्दा धेरै राम्रो भएको छ।’
मन्त्री ज्वालाले अहिले काम गर्न कुनै ठाउँमा अवरोध नभएको र सहज भइरहेको बताए। तर नारायण–बुटवल सडकखण्डको पश्चिम क्षेत्रमा अहिले निर्माण सामग्रीको समस्या भएको र त्यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको उनको भनाइ छ।
त्यसबाहेक विद्युतप्राधिकरण, खानेपानीलगायत मुआब्जाका विषयमा कतै विवाद नभएको ज्वालाले बताए।
मुग्निल–पोखरा सडकखण्डमा कतै पनि समस्या नभएको उनले बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया