बिएल संवाददाता
सहरी विकासमन्त्री सीता गुरुङले मध्यपुरथिमि नगरपालिका–९ बोडे टिगनीस्थित निलबाराही मन्दिर परिसरको दक्षिण तथा पश्चिम क्षेत्रमा गएको पहिरो र त्यसले निम्त्याएको जोखिमको स्थलगत अवलोकन गरेकी छन्।
त्यस अवसरमा मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मन्त्री गुरुङलाई ऐतिहासिक मन्दिर क्षेत्रमा पहिरो जाँदा सम्पदा र मन्दिर नै जोखिममा परेको जानकारी गराए।
अवलोकनपछि मन्त्री गुरुङले निलबाराही क्षेत्रको पहिरो नियन्त्रण एवं संरक्षणका लागि मध्यपुरथिमि नगरपालिकाले तयार पारेको गुरुयोजना कार्यान्यन गरी त्यस क्षेत्रको भूक्षय र पहिरो नियन्त्रण गरी प्राचीन ऐतिहासिक निलबाराही मन्दिरको संरक्षणका थालनी गर्न आग्रह गरिन्। उनले यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्नेसमेत बताइना्।
नगरप्रमुख श्रेष्ठले नगरपालिकाको एक्लो प्रयासले निलबाराही क्षेत्रको पहिरो नियन्त्रण र संरक्षण सम्भव नभएको भन्दै बजेट व्यवस्थापन गरिदिन मन्त्री गुरुङलाई अनुरोध गरे।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया