बिएल संवाददाता
दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ। अपि हिमाल गाउँपालिका–६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार सिप्टी–तपोवन सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको बा ३ क ४१९८ नं को स्काभेटरमा सहयोगीका रुपमा काम गदैँ आएका धामी सोही सडकखण्डको सिप्टीमा सडकबाट खसेका हुन्।
सडकमा हिँडिरहेका बेला अचानक खस्दा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए। उनी सडकबाट पाँच सय मिटर तल खसेका थिए। अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक मानसिँह ऐरीको टोली घटनास्थलमा पुगेको छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया