बिएल संवाददाता
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक माधवकुमार नेपालले आफूलाई सरकारले सुरक्षा नदिएको भन्दै विदेसिन सक्ने संकेत गरेका छन्।
पत्रकार विनोद ढुङ्गेलसँगको अन्तर्वार्तामा उनले सरकारले आफूलाई अन्य पूर्वप्रधानमन्त्रीभन्दा विभेद गरेकोमा असन्तुष्टि पोखे। उनले अन्य पूर्वप्रधानमन्त्रीहरूले सरकारी गाडीको सुविधा पाइरहँदा पनि आफूले नपाएको गुनासो गरे।
उनले आफूले सुविधा माग्न नजाने दाबी गर्दै यदि सरकारले दिएमा आफूले लिने बताए। अन्तर्वार्तामा नेपालले भने, ‘कानुनले दिनु भन्छ भने दिने काम तपाईंको (सरकारको) हो। म हजुर, मलाई सुरक्षा चाहियो भन्न जान्छु? देशभित्र सुरक्षा नपाए बरू विदेसिन्छु।’
यस्तो छ नेपालको भनाइ–
नेपाल मेरो आफ्नै स्वाभिमान छ नि। विपक्षी दलका नेताले पूर्वप्रधानमन्त्रीको हैसियतमा गाडी लिएका छन्। मलाई दिए? दिएको भए म लिन्थेँ। तर म माग्न गइनँ। सबैलाई दिए मलाई दिएनन्। अरूले सरकारी तेलसम्म प्रयोग गरे। मलाई दिए? मैले माग्दा पनि मागिनँ। अहिले पनि मलाई कुनै सुरक्षा दिएको छैन। म भन्न जान्न। सरकारले ठान्छ कि माधव नेपाल सुरक्षित छ भने म किन माग्छु? कानुनले यदि दिनु भन्छ भने दिनुपर्छ। यही हो मेरो भनाइ। कानुनले भन्छ भने दिने काम तपाईँको हो। म हजुर… मलाई सुरक्षा चाहियो भन्छु? देशले सुरक्षा दिँदैन भने के गर्ने म सोचौँला। यो काठमाडाैं सुरक्षा दिएन भने रौतहट जाउँला। रौतहटले दिन सकेन भने देशको कुनै ठाउँ हेरौँला। देशको कुनै जङ्गल पनि सुरक्षित भएन भने विदेशमा गइदिउँला। गर्ने के त? सरकारलाई म हारगुहार गर्छु?सरकारको काम होइन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया