बिएल संवाददाता
ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाे छ।
कृष्ण विक, रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्वल माली, इमामुल हक र राजु परियारले शुक्रबार सर्वोच्चमा विरुद्धमा रिट दायर गरेका हुन्।
सडकमा खटाउने उक्त कार्यले आफ्नो सम्मानपूर्व बाँच्न पाउने हक, हिँडडुल गर्न पाउने हक हनन् भएको भन्दै अदालतमा रिट दायर भएकाे हाे। उनीहरुको रिट निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनेछ।
गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको दिन महिला ट्राफिक प्रहरीले महिनावारी भएकाे चार दिनसम्म डिट्युटी गर्नु नपर्ने र उनीहरूकाे साटो मापसेलगायत ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने निर्णय गरेका थिए।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया