बिएल संवाददाता
                                ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमलाई पाकिस्तानको कराँचीस्थित एक अस्पतालमा भर्ना भएपछि उनका बारेमा विभिन्न आशंकाहरू उत्पन्न भएका छन्। कतिपय सञ्चारमाध्यमहरूले उनलाई विष खुवाइएको भनेर समाचारहरूमा उल्लेख गरेका छन्।
तर पाकिस्तानी तथा भारतीय सुरक्षाअधिकारीहरूले यसबारेमा पुष्टि गरिसकेका छैनन्। भारतीय सञ्चारमाध्यमका अनुसार दुई दिनअघि उनलाई अस्पतालमा राखिएको थियो।
उनलाई राखिएको अस्पतालको तलामा अरु कुनै पनि बिरामी छैनन्। अस्पतालको चारैतिर कडा सुरक्षा दिइएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
उनलाई किन अस्पताल भर्ना गरिएको हो भन्नेबारेमा अहिलेसम्म अस्पताल र सुरक्षा नियकाले कुनै आधिकारिक जानकारी दिएको छैन। तर विभिन्न सञ्चारमाध्यमहरूले उनलाई विष खुवाइएको भन्ने समाचारको भने अधिकारीहरूले खण्डन गरेका छन्।
‘उनीकहाँ पुग्नका लागि कम्तीमा पनि १५० जना मानिस र त्यत्ति नै सुरक्षा जाँच भएरमात्रै सम्भव छ’ अधिकारीहरूले भनेका छन् ‘त्यसैले उनलाई विष खुवाइएको भन्ने समाचारहरू अफवाहमात्रै हुन्।’
भारतले उनलाई ‘मोस्ट वान्टेड आतंकवादी’ सूचीमा राखेको छ। उनलाई संयुक्त राष्ट्रसंघले पनि यही आतंकवादी घोषणा गरिसकेको छ।
उनीमाथि कैयौं आपराधिक मुद्दाहरू छन्। सन् १९९३मा भारतको मुम्बईमा भएको एउटा आक्रमणमा उनलाई नै मुख्य योजनाकार मानिएको छ। त्यो आक्रमणमा कम्तीमा २५७ जना मानिस मारिएका थिए भने ७०० भन्दा धेरैजना घाइते भएका थिए।
भारतको महाराष्ट्रस्थित रत्नागिरीमा उनको जन्म सन् १९५५मा भएको थियो। दाउदले आफ्नो बालापन पनि मुम्बईमै बिताए।
 
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया