मङ्गलबार, १२ अगस्ट २०२५

हत्या गरेर गाडेको अवस्थामा काठमाडौँको तारेभिरमा भेटियाे सुस्माकाे शव

News Image
• • •

एक महिनादेखि बेपत्ता भएकी किशाेरीकाे शव काठमाडौँको तारेभिरमा भेटिएकाे छ।

गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिरकाे जंगलमा १८ वर्षीय सुस्मा लामाको शव हत्या गरेर गाडेको अवस्थामा भेटिएको प्रहरीले जनाएकाे छ।

१२ कक्षामा अध्ययनरत सुस्मा एक महिनाअघि क्याम्पस जान भन्दै घरबाट हिँडेकी थिइन्। उनी घर नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएकाे थियाे। एक महिनापछि तारेभिरबाट हात बाँधेर गाडेको अवस्थामा उनकाे शव प्रहरीले उत्खनन् गरेको हाे।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!