बिएल संवाददाता
नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरु भएको छ।
ललितपुरको गोदावरीमा फागुन १० गतेसम्म चल्ने महासमिति बैठकले पार्टीको नीति निर्माण तय गर्नेछ।
सोही बैठकमा ईन्जिनियरलगायत आर्किटेक्टरहरुको विषयमा पनि बहस हुनुपर्ने सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को माग छ।
सिडेनका अध्यक्ष ई.लक्ष्मण केसीका अनुसार महासमिति बैठकमा संघसस्थाहरुसँग भएको छलफल तथा आम ईन्जिनियर, आर्किटेक्टरहरुको विचार र प्रक्रियाहरुको आधारबारे पनि बहस हुनुपर्छ।
पार्टीका विभिन्न तहका संरचना तथा भातृ/ शुभेच्छुक संस्थाहरुको आवधिक अधिवेशन पार्टीको आन्तरिक जीवनको लागि महत्वपूर्ण आधार रहेको सीडेनले सोमबार जारी गरेको विज्ञप्तिमा जनाएको छ।
'पार्टीको आन्तरिक संरचना तथा पमर्टीबाट प्रतिनिधित्व रहने ठाउँमा समावेशी, समानुपातिक प्रतिनिधित्व गर्ने सवालमा पेशागत तथा बुद्धिजिवीहरुको प्रतिनिधित्व न्यूनतम २० % रहने गरी वैधानिक व्यवस्था गर्ने। पार्टीको विधानमा विभिन्न तहका उम्मेद्वार बन्न तोकिएको सक्रिय सदस्यता कायम रहेको अवधि सम्बन्धि व्यवस्थामा निज व्यक्ति पार्टीको भातृ तथा शुभेच्छुक संस्थामा क्रियाशील रहेको समय समेत गणना गरिने व्यवस्था गर्ने', जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया