बिएल संवाददाता
सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले गुरुयोजनासहित किसानको घरदैलोमा पुग्ने र उत्पादनलाई आधुनिक प्रविधिमा जोड्ने मूल लक्ष्य लिएको बताएका छन्।
हेटाैंडाको ५५औँ नगर स्थापना दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्दै कृषि उत्पादन, पशुपालन र माछाको उत्पादन वृद्धि गर्न सरकारले अब स्थानीय निकायलाई बहुवर्षीय योजना अन्तर्गत स्रोतसाधनसहित जनशक्ति उपलब्ध गराउनेतर्फ गृहकार्य भइरहेको जानकारी गराए
मुलुकमा खाद्यान्नको अभाव हुने अवस्थाको अन्त्यका लागि सङ्घीय सरकारले तत्कालै रु ५५ अर्बको खाद्यान्न बाह्य मुलुकबाट आयात गरिने लक्ष्यका साथ स्रोतसाधन परिचालन गरेको उनले बताए।
मन्त्री भुसालले प्रदेशका स्थानीय तहले पनि आ–आफ्नो निकायमार्फत् स्थानीयस्तरमा खाद्यान्नबाली, मौसमी तरकारी, दूध उत्पादन र माछाको उत्पादनका लागि वार्षिक कार्यक्रम तर्जुमा गरिँदा थप स्रोतसाधन परिचालन गर्नेतर्फ जिम्मेवारीबोध गर्न आह्वान गरे।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले उपमहानगरपालिकाले वडा नंं १ देखि १९ सम्म भूगोल अनुसारको कृषि उत्पादन, पशुपालन र माछापालनका लागि कृषि पकेट कार्यक्रम तर्जुमा गरिएको र स्थानीय किसानलाई उन्नत प्रविधिबाट खेती गर्ने प्रावधानलाई अघि बढाउन आवश्यक जनशक्ति परिचालन गरिने बताए।
मकवानपुरलाई खाद्यान्नतर्फ आत्मनिर्भर बनाउने लक्ष्यका साथ उपमहानगरपालिकाले काम गरेको उनको भनाइ थियो।
सो अवसरमा मकवानपुरका प्रमुख जिल्ला अधिकार सूर्यप्रसाद सेढाईं, हेटौँडा उप–महानगरपालिकाका उपप्रमुख राजीव बानियाँ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरका उपसचिव सीता विष्टले जिल्लाका स्थानीय तहले जनताको पूर्वाधार विकासका साथै कृषि उत्पादन, पशुपालनका लागि घाँसखेती र सिँचाइको थप योजनालाई कार्यान्वयन गर्न आग्रह गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया