बिएल संवाददाता
'हिउँ आयो माघ, बुढाबुढी भाग'
प्रस्तुत भनाइले बुढाबुढीलाई भाग भनेको छ। माघमा हिउँ पर्दा अत्यधिक चिसो हुन्छ। चिसोमा बुढाबुढीलाई कठिन हुने हुँदा या त न्यानो गर, नभए बुढाबुढी तराई झर भन्न खोजेको हो।
बिहीबार जुम्लामा पहिलो पल्ट हिउँ परेको छ। हिउँ परेसँगै जीवन कष्टकर बनेको छ। कष्टकर जीवन जिउनुपर्ने भएको हुँदा बुढाबुढीलाई बचाउन भाग भनिएको इतिहासका जानकार सिंजा कनकासुन्दरीका ८४ वर्षीय तुङ्गनाथ उपाध्यायले बताए।
'हिउँद मास दमका बिरामीको लागि काल हो,' उनले भने, 'उमेर कट्यो भने चिसो सहन कठिन हुने हुनाले बुढबुढीलाई तातो हुने ठाउँतिर जान भनेको हो।'
मंसिरदेखि पुससम्म पहिलो पल्ट पर्नुपर्ने हिउँ माघसम्म पनि नपरेपछि किसानहरु मर्कामा परेका थिए। हिउँ परेसँगै किसानलाई हेी मात्रामा भएपनि राहत मिल्ने चन्दननाथ -१० का सगुने सार्कीले बताए।
'खेतबारीका जौ पँहेलिएका छन्। पानी नभएर साह्रै पिर परेको थियोे,' उनले भने, 'अब जौ, गहुँ अलि अलि हुन्छन् कि भन्ने आश लागेको छ।'
यो वर्ष हिउँदमा हिउँ नपर्दा नदीको पानी अत्यधिक मात्रामा घटेको छ भने खोलानाला सुक्दै गएका छन्।
पानीका मुहानमा पानी घटेपछि खानेपानीको समस्या हुने गरेको बोहरागाउँ चुत्ता नाउला दलित बस्ती खानेपानीको चौकिदार इन्द्र सार्कीले बताए।
'हिउँ नपर्दा पानी घटेको छ। पहिला प्रशस्तै पुग्ने पानी आजभोलि खान पुग्दैन,' उनले भने, 'बिहान छोड्दा साँझ खाने पानी पुगाउन पनि धौ धौ छ।'
हिउँ आयो हिउँचुलीबाट, मेघ आयो मालबाट।
म चिठी पठाउन्या छियाँ, पछ्यी तालबाट।।
प्रस्तुत गीतले हिउँ हिउँचुली बाटा आउँछ भन्छ भने मेघ मालबाट अर्थात पश्चिमबाट जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा, कर्णाली प्रदेशको थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भैरहेको छ।
साथै देशका मध्य तथा पुर्वी तराईका थोरै स्थानहरूमा हुस्सु लागेको महाशाखाले बुलेटिन जारी गरेर जानकारी दिएको छ।

अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया