 
                                            
                                        
                                     
                                सनीराज शाक्य
 
                                काठमाडाैँ साँखुमा लाग्ने एकमहिने श्रीस्वस्थानी व्रत कथा तथा शालीनदी मेलाको तयारी पूरा भएको छ।
माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले सोमबार पत्रकार सम्मेलन गरेर यस वर्षको एकमहिने मेलाकाे तयारी पूरा भएकाे जनाएकाे हाे।
मेलामा यातायात, शान्ति सुरक्षा, लाईन एवम् बजार व्यवस्थापन, स्वयम्सेवक परिचालनलगायतका लागि समिति गठन गरी सबै तयारी पूरा गरिएको समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए।
हरेक वर्ष समितिले आयोजना गर्दै आएको मेलाकाे व्यवस्थापन राम्रोसँग अध्यक्ष श्रेष्ठकाे भनाइ छ। उनले भने, ‘अन्य वर्षको कमीकमजोरीलाई हामीले यसपटक दोहाेर्याउने छैनौँ। व्यवस्थापन राम्राे हुनेछ।’

अध्यक्ष श्रेष्ठका अनुसार यस पटक २२ देखि २५ लाखसम्म भक्तजनहरू आउने अनुमान गरिएकाे छ।
भक्तजनहरूको सेवासुविधालाई मध्यनजर गर्दै शालिनदी यातायात र बाबा गोकर्णेश्वर प्रा.लिद्वारा सञ्चालित सबै बसहरूको प्रत्येक गाडीमा भाडादारसमेत टाँसेर सुविधा उपलब्ध गराउने व्यवस्था गरेको समितिले जनाएको छ।
मेलाको लागि शालीनदी यातायातको १०० वटा गाडी राखिने समितिले जनाएकाे छ। त्यस्तै, भक्तजनको स्वास्थ्यको लागि प्राथमिकता उपचार कक्ष राखी निशुल्क रूपमा सेवाको व्यवस्थापन गरिने छ।
त्यसैगरी शान्ति सुरक्षाकाे व्यवस्थापनमा शालीनदी परिसरभित्र विभिन्न स्थानमा सीसीटीभी राखिएकाे समितिले जनाएको छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया