सनीराज शाक्य
काठमाडाैँ साँखुमा लाग्ने एकमहिने श्रीस्वस्थानी व्रत कथा तथा शालीनदी मेलाको तयारी पूरा भएको छ।
माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले सोमबार पत्रकार सम्मेलन गरेर यस वर्षको एकमहिने मेलाकाे तयारी पूरा भएकाे जनाएकाे हाे।
मेलामा यातायात, शान्ति सुरक्षा, लाईन एवम् बजार व्यवस्थापन, स्वयम्सेवक परिचालनलगायतका लागि समिति गठन गरी सबै तयारी पूरा गरिएको समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए।
हरेक वर्ष समितिले आयोजना गर्दै आएको मेलाकाे व्यवस्थापन राम्रोसँग अध्यक्ष श्रेष्ठकाे भनाइ छ। उनले भने, ‘अन्य वर्षको कमीकमजोरीलाई हामीले यसपटक दोहाेर्याउने छैनौँ। व्यवस्थापन राम्राे हुनेछ।’

अध्यक्ष श्रेष्ठका अनुसार यस पटक २२ देखि २५ लाखसम्म भक्तजनहरू आउने अनुमान गरिएकाे छ।
भक्तजनहरूको सेवासुविधालाई मध्यनजर गर्दै शालिनदी यातायात र बाबा गोकर्णेश्वर प्रा.लिद्वारा सञ्चालित सबै बसहरूको प्रत्येक गाडीमा भाडादारसमेत टाँसेर सुविधा उपलब्ध गराउने व्यवस्था गरेको समितिले जनाएको छ।
मेलाको लागि शालीनदी यातायातको १०० वटा गाडी राखिने समितिले जनाएकाे छ। त्यस्तै, भक्तजनको स्वास्थ्यको लागि प्राथमिकता उपचार कक्ष राखी निशुल्क रूपमा सेवाको व्यवस्थापन गरिने छ।
त्यसैगरी शान्ति सुरक्षाकाे व्यवस्थापनमा शालीनदी परिसरभित्र विभिन्न स्थानमा सीसीटीभी राखिएकाे समितिले जनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया