बिएल संवाददाता
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ।
'घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ। पालिका कार्यालय पुग्नै ४० किलोमिटर यात्रा गर्नुपर्छ,' त्रिवेणीका विनयकुमार थापाले भने, 'हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ।'
सहज बाटो नहुँदा त्रिवेणी क्षेत्रका दुईवटा वडाका बासिन्दाले धेरै दुःख खेप्नुपरेको उनको भनाइ छ। 'सदरमुकाम र पालिका जानुपर्ने काम नपरे हुन्थ्यो भन्ने लाग्छ,' उनले भने। सदरमुकाममा कुनै काम लिएर जानुपरे कम्तीमा १० हजार खर्च बोकेर हिँड्नुपर्ने अवस्था रहेको त्रिवेणीका विष्णुप्रसाद चौलागाईँले बताए। त्रिवेणी–दुम्कीबास बाटो खोल्ने हल्ला चलेको धेरै समय बिते पनि काम नभएको उनको भनाइ छ। 'बाटो खोल्छौ भनेको यति समय बिते। प्रदेशका मुख्य व्यक्ति आउनेजाने गरेकै छन्, तर खोल्ने सुरसार छैन,' उनले भने, 'अब त आश नै मरिसकेको छ।'
त्रिवेणी–दुम्कीबास सडक नखोलेसम्म त्रिवेणी क्षेत्रका दुई वडाका बासिन्दाको भलाइ नहुने वडा नं ६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए। बाटो नखुल्दा आफ्नै पालिका पुग्नसमेत कठिन छ। 'पालिका जान ४० किलोमिटर पर पुग्नुपर्छ, त्यसमा दाउन्नेको जोखिमपूर्ण यात्रा गर्नुपर्ने उस्तै दुःख छ,' उनले भने, 'गण्डकीमा हुँदासम्म राजनीतिक, आर्थिक र सामाजिक हिसाबले जनताको कुनै भविष्य छैन। यहाँका दुई वडालाई लुम्बिनी प्रदेशमा गाभिँदा बरु जनताको भलो हुन्छ।'
त्रिवेणी–दुम्कीबास सडक खोल्ने विषय गाउँपालिकाले पटकपटक उठान गरिरहेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए। यो सडक समग्र विनयी त्रिवेणीको र गण्डकी प्रदेशको भविष्यसँग जोडिएकाले सडक खोल्नुको विकल्प नभएको उनको भनाइ छ।
नवलपुरको दुम्कीबासबाट बगुवन हुँदै त्रिवेणीसम्म १९ किलोमिटर दूरी पर्छ। बगुवनसम्म अहिले पनि यातायात सञ्चालन हुने गर्छन्। बगुवनबाट त्रिवेणीसम्म १६ किलोमिटर छ। यसमा करिब सात किलोमिटर क्षेत्रमा वन्यजन्तुको चरिचरन क्षेत्र पर्छ।
२०५९ सालअघि हुलाकी सडकका रूपमा रहेको यस खण्डमा २०६३ सालमा सडकको मर्मत गरी यातायात सञ्चालन गरिएको थियो। हुलाकी सडकका रूपमा रहेको यस खण्डलाई गजेन्द्रमोक्ष जनतामार्ग नामकरण गरी यातायात सञ्चालन गरिएको थियो।
२०६४ जेठमा निकुञ्जले वन्यजन्तु चरिचरनको क्षेत्र भनेर समेटेपछि यातायात सञ्चालनमा रोक लगाइएको स्थानीयको भनाइ छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया