गर्मी मौसममा शरीरबाट पसिना आउनु सामान्य कुरा हो। तर, यो दुर्गन्धले मानिसलाई लज्जाको अनुभूति गराउन नराम्रो हो। कतिपयले पसिनाको कारणले दैनिकी नुहाउनी पनि गरिन्छ। नुहाउनु राम्रो पनि हो। तर, धेरै जसोको दैनिक नुहाउन समय हुँदैन।
त्यसैले पसिना आउने र त्यसको दुर्गन्धले समस्यामा छन् भने केही घरेलु उपायहरू अपनाउनुहोस। शरीरबाट आउने दुर्गन्धलाई हटाउने नुहाउने पानीमा केही सामग्रीहरू मिसाएर कम गराउँन सकिन्छ।
गुलाब जल
नुहाउने पानीमा गुलाब जल राख्न सकिन्छ। यसले शरीरको दुर्गन्ध हटाउनुका साथै छालाका लागि पनि राम्रो काम गर्छ। यसले कालो धब्बा र छालालाई चिसो बनाउँछ।
कागतीको रस
कागतीको रस पानीमा राखेर नुहाउँदा पनि शरीरबाट आउने गन्धलाई कम गर्न सकिन्छ। यसले शरीरमा भएका ब्याक्टेरियाहरू पनि मर्नेछन र दुर्गन्ध सजिलै कम हुनेछ। कागती स्वास्थ्यको लागि उपयुक्ता भिटमिन हो।
पुदिनाका पात
पुदिनको बास्न एकदमै मिठो हुन्छ। पुदिनाका पात नुहाउने पानीमा राख्दा पनि दुर्गन्ध हटाउने राम्रो काम गर्छ। यसले शरीरका खराब ब्याक्टेरियाहरूलाई मार्ने काम गर्छ।
फिटकिरी
फिटकिरी पनि छालाका लागि एकदमै राम्रो मानिन्छ। यसलाई नुहाउने पानीमा पनि प्रयोग गर्न सकिन्छ। यसले साना साना घाउ तथा काटिएकोमा पनि राम्रो काम गर्छ। साथमा काखीबाट आउने दुर्गन्धलाई पनि कम गर्न सहयोग गर्छ।
सुन्तलाको बोक्रा
नुहाउने पानीमा सुन्तलाको बोक्रा राख्न पनि सकिन्छ। यसले शरीरबाट आउने दुर्गन्धलाई कम गर्छ। बोक्राका साथै सुन्तलाको रस पनि मिसाउन नुहाउन पर्छ। (एजेन्सीकाे सहयाेगमा)
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया