 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                कतिपयले भन्ने गरिन्छ, छ्या जाडोमा त चिसोले ओंठ फुट्छ गर्मीमा पनि कस्तो ओंठ फुटेको। तर, ओंठ फुट्नु स्वाभाविक हो।
नियमित हेरचाह घरेलु उपचारबाट ओठलाई ठीक बनाउन सकिन्छ। गर्मीमा गरम सुख्खा हावाका कारण पनि ओंठ फुट्छ।
त्यसैले सबैभन्दा पहिले ओठ किन फुट्छ भन्ने कुरा बुझ्नुपर्छ। यस विषयमा हामीले तपाईहरुलाई जनकारी गराउँछौँ।
–ओठ सुक्दा जब बारम्बार जिब्रो भिजाइन्छ र र्यालले ओठको नरमपन सोस्छ। यसबाट ओठमा पाप्रा बन्छ।
–ओठलाई नरम राख्ने कुनै ग्रन्थि हुँदैन। तातो हावामा सुख्खापन हुन्छ, जसका कारण ओठ फुट्छ।
–गर्मीमा धूलो, माटो तथा प्रदूषणका कारण पनि ओठ फुट्छ।
–जब सास फेरिन्छ अनि तातो हावा ओठबाट बाहिर आउँछ, यसका कारण लिप क्रेज हुन्छ।
–कुनै मानिसलाई टुथपेस्ट पनि ओठको छालालाई सुट गर्दैन। यस्तोमा ओठ फुट्छ।
–अमिलो फल, जुस, सस आदिले ओठमा एलर्जी कारणले पनि ओठ फुट्ने सम्भावना हुन्छ।
–औषधिको सेवनबाट पनि ओठ फुट्छ। त्यसैले ती औषधि सेवन गर्दा प्रशस्त मात्रामा तरलपदार्थ, जुस, पानी आदि सेवन गर्नुपर्छ।
नियन्त्रण कसरी गर्ने ?
–गर्मी मौसममा पर्याप्त मात्रामा तरल पदार्थ सेवन गर्ने, यसबाट शरीरको नरमपनसँगै ओठको नरमपन गराउँछ।
–ओठ सुख्ख महसुस भए हलका ओंठमा लिप ब्रस प्रयोग गर्नुपर्छ। पछि लिपबाम प्रयोग गर्नुपर्छ।
–राति सुत्दा पेट्रोलियम जेली, कोकोनट आयल वा फ्रेस मख्खन प्रयोग गर्नुपर्छ।
–खानपिनमा पोषकतत्व भिटामिन सी, भिटामिन ई, हरियो सागपात अर्थात मौसमी फलफूल सेवन गर्नुपर्छ।
–गर्मीमा लस्सी जति बढी सेवन गरियो ओठको स्वास्थ्यका लागि त्यति नै राम्रो हुन्छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया