बिएल संवाददाता
कतिपयले भन्ने गरिन्छ, छ्या जाडोमा त चिसोले ओंठ फुट्छ गर्मीमा पनि कस्तो ओंठ फुटेको। तर, ओंठ फुट्नु स्वाभाविक हो।
नियमित हेरचाह घरेलु उपचारबाट ओठलाई ठीक बनाउन सकिन्छ। गर्मीमा गरम सुख्खा हावाका कारण पनि ओंठ फुट्छ।
त्यसैले सबैभन्दा पहिले ओठ किन फुट्छ भन्ने कुरा बुझ्नुपर्छ। यस विषयमा हामीले तपाईहरुलाई जनकारी गराउँछौँ।
–ओठ सुक्दा जब बारम्बार जिब्रो भिजाइन्छ र र्यालले ओठको नरमपन सोस्छ। यसबाट ओठमा पाप्रा बन्छ।
–ओठलाई नरम राख्ने कुनै ग्रन्थि हुँदैन। तातो हावामा सुख्खापन हुन्छ, जसका कारण ओठ फुट्छ।
–गर्मीमा धूलो, माटो तथा प्रदूषणका कारण पनि ओठ फुट्छ।
–जब सास फेरिन्छ अनि तातो हावा ओठबाट बाहिर आउँछ, यसका कारण लिप क्रेज हुन्छ।
–कुनै मानिसलाई टुथपेस्ट पनि ओठको छालालाई सुट गर्दैन। यस्तोमा ओठ फुट्छ।
–अमिलो फल, जुस, सस आदिले ओठमा एलर्जी कारणले पनि ओठ फुट्ने सम्भावना हुन्छ।
–औषधिको सेवनबाट पनि ओठ फुट्छ। त्यसैले ती औषधि सेवन गर्दा प्रशस्त मात्रामा तरलपदार्थ, जुस, पानी आदि सेवन गर्नुपर्छ।
नियन्त्रण कसरी गर्ने ?
–गर्मी मौसममा पर्याप्त मात्रामा तरल पदार्थ सेवन गर्ने, यसबाट शरीरको नरमपनसँगै ओठको नरमपन गराउँछ।
–ओठ सुख्ख महसुस भए हलका ओंठमा लिप ब्रस प्रयोग गर्नुपर्छ। पछि लिपबाम प्रयोग गर्नुपर्छ।
–राति सुत्दा पेट्रोलियम जेली, कोकोनट आयल वा फ्रेस मख्खन प्रयोग गर्नुपर्छ।
–खानपिनमा पोषकतत्व भिटामिन सी, भिटामिन ई, हरियो सागपात अर्थात मौसमी फलफूल सेवन गर्नुपर्छ।
–गर्मीमा लस्सी जति बढी सेवन गरियो ओठको स्वास्थ्यका लागि त्यति नै राम्रो हुन्छ।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया