बिएल संवाददाता
आजभोली बेलुका पानी परेपनि दिउँसो गर्मी नै हुन्छ। गर्मी महिनामा खानेकुरामा निकै सावधानी अपनाउनुपर्ने हुन्छ। यो समय संक्रमणको जोखिम उच्च हुने, खाद्यपदार्थहरु सड्ने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरु निम्तिने डर हुन्छ।
गर्मीले शरीरलाई चिसो बनाउँन मान्छेलाई के खाउँ हुन्छ। तर, वस्तै नगरी खाना मन लागेको खानेकुरा खायो भने स्वास्थ्यमा समस्या हुन्छ। यो मौसममा फलफुल रसिलो खानेकुरा झोल युक्ता पोसिलो खानु स्वास्थ्यको लागि फाइदाजक हुन्छ।
त्यस्तै गर्मी मौसममा खानपानमा दही समावेश गराउनु भने निकै फाइदाजनक हुन्छ। पानी, दही र मही जस्ता पेय पदार्थहरु गर्मी मौसमका लागि निकै फाइदाजनक हुन्छ। बजारमा सजिलै पाइने विभिन्न प्रकारका चिसो पेयपदार्थहरुले शरीरमा अनेक प्रकारका समस्या भई बिरामीहरु पैदा गराउँछ। त्यसैले दही गर्मी मौसमका लागि निकै फाइदाजनक मानिन्छ।
दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पनि गरिन्छ। गर्मीमा चिसो दही खाँदा शरीरमा शितलता प्राप्त हुनुका साथै स्वास्थ्यमा समेत धेरै फाईदा पुग्दछ।
दही खानुको फाइदा यस्ता छन्।
–पेटसम्बन्धी समस्या हुनेलाई दहीको सेवन अत्यन्त उपयोगी मानिन्छ।
–खाना मन नभएको समस्या भएकालाई दहीको सेवन खाना रुचाउँछ।
–दहीले गर्मीको समयमा अनुहारमा चायाँ निस्कने, छालाको पत्र उप्किने जस्ता समस्यालाई अनुहारमा दहीको लेपन गर्दा अनुहारको छाला आकर्षक हुनुका साथै चिरा पर्ने वा छालाको पत्र उप्किने समस्या हट्छ।
–आन्द्रा तथा पेट सम्बन्धि रोगहरुमा दहीको नियमित सेवनले फाइदा पुर्याउँछ।
–दहीको सेवनले मुटुको रोग, उच्च रक्तचाप लगायतका रोग नियन्त्रयामा सघाउ पुर्याउँछ।
–दहीको नियमित सेवनले कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ।
–दहीको सेवनले हड्डीहरुको विकासमा सहयोग पुर्याउँछ।
–दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन सहयोग पुर्याउँछ।
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया