बिएल संवाददाता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको नि:शुल्क उपचार गर्ने व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एकद्धार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले 'पापी भएको कारण फिस्टुला रोग लाग्छ' भन्ने अमानवीय परम्परागत मान्यता रहेको गुनासो गरे।
फिस्टुला रोग जस्ता धेरै समस्यालाई अहिलेसम्म कानुनले पनि नदेखेको भन्दै यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी रहेको उनको भनाई छ।
उनले भने, ‘फिस्टुलाको समस्या भएको महिलाहरु हुनुहुन्छ। उहाँहरुको पिसाब कन्ट्रोल हुँदैन। जन्मने बेला बच्चा लामो समय अड्किएपछि त्यो समस्या हुन्छ। तर परम्परागत मान्यता पापी भएको कारण यस्तो हुन्छ भन्ने रहेछ। घरभन्दा धेरै पर कटेरो बनाएर राखिँदो रहेछ। योभन्दा अमानवियता अरु केही हुन सक्छ? त्यसैले सातवटा प्रदेशमा नै उपचार नि:शुल्क हुने व्यवस्थाको लागि पहल गर्दैछौँ। यस्ता धेरै समस्या छन्, जसले कानुनले देखेको पनि छैन। यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी छ।’
उनले महिला अधिकारको सन्दर्भमा भारत र अमेरिका लगायतका देशमा भन्दा नेपालको प्रतिनिधिसभामा समावेशीता रहेको बताए।
सबै किसिमबाट समावेशीतालाई सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको भएतापनि समावेशीता अनुभूतिमा बद्लिन नसकेको उनको गुनासो छ।
उनले भने, ‘महिला अधिकारको सन्दर्भमा नेपाल यस्तो देश हो जहाँ प्रतिनिधिसभा समावेशी छ। यस्तै समावेशी प्रतिनिधिसभा भारतमा पनि छैन। अमेरिकामा पनि छैन। सबै किसिमबाट समावेशीतालाई सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको छ। तर यसको बावजुत पनि समावेशीता अनुभूतिमा किन बद्लिन सकेको छैन। लैङ्गीक हिंसा अन्त्य हुन किन सकेको छैन।’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया