बिएल संवाददाता
काठमाडौँ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिमा मानसिक स्वास्थ्य ओपीडी सेवा सुरु भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य ओपीडी सेवाको उद्घाटन गरेका छन्।
उद्घाटन समारोहपछि मन्त्री पौडेलले मन्त्रालयलाई उपलब्ध साधन स्रोतभित्र नेपालमा कसरी स्वास्थ्य सेवा विस्तार गर्न सकिन्छ भनेर त्यसअन्तर्गत काम गरिरहेको बताए।
मानसिक स्वास्थ्य गर्भवती महिलालाई मात्र नभइ नेपाली समाजलाई नै यसको परामर्शको आवश्यक रहेको उनको भनाइ छ।
उनले भने, ‘उपलब्ध साधन स्रोतभित्र नेपालमा कसरी स्वास्थ्य सेवा विस्तार गर्न सकिन्छ भनेर त्यसअन्तर्गत काम गरिरहेको छौँ। त्यसको लागि आज एउटा नयाँ प्रयास गरेका छौँ। यो सानो कुरा हुनसक्छ तर असाध्यै महत्वपूर्ण विषय हो। यो मानसिक स्वास्थ्य गर्भवती महिलालाई मात्र होइन, नेपाली समाजलाई नै यसको काउन्सिलिङ आवश्यक छ।’
सेवा सुरुवाताले गर्भवती महिलाहरुलाई धेरै राहत पुग्ने उनको भनाइ छ। उनले अस्पतालमा मानसिक सेवा सुरु गर्न जनशक्ति अपुग हुने कारण छात्रवृत्तिमा मानसिक स्वास्थ्यसम्बन्धी जनशक्तिलाई प्राथमिकता साथ परोपकारमा पठाउन पहल गर्ने र उनीहरुलाई थप सशक्त बनाउने पनि प्रतिवद्धता जनाए।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया