बिएल संवाददाता
काठमाडौँ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिमा मानसिक स्वास्थ्य ओपीडी सेवा सुरु भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य ओपीडी सेवाको उद्घाटन गरेका छन्।
उद्घाटन समारोहपछि मन्त्री पौडेलले मन्त्रालयलाई उपलब्ध साधन स्रोतभित्र नेपालमा कसरी स्वास्थ्य सेवा विस्तार गर्न सकिन्छ भनेर त्यसअन्तर्गत काम गरिरहेको बताए।
मानसिक स्वास्थ्य गर्भवती महिलालाई मात्र नभइ नेपाली समाजलाई नै यसको परामर्शको आवश्यक रहेको उनको भनाइ छ।
उनले भने, ‘उपलब्ध साधन स्रोतभित्र नेपालमा कसरी स्वास्थ्य सेवा विस्तार गर्न सकिन्छ भनेर त्यसअन्तर्गत काम गरिरहेको छौँ। त्यसको लागि आज एउटा नयाँ प्रयास गरेका छौँ। यो सानो कुरा हुनसक्छ तर असाध्यै महत्वपूर्ण विषय हो। यो मानसिक स्वास्थ्य गर्भवती महिलालाई मात्र होइन, नेपाली समाजलाई नै यसको काउन्सिलिङ आवश्यक छ।’
सेवा सुरुवाताले गर्भवती महिलाहरुलाई धेरै राहत पुग्ने उनको भनाइ छ। उनले अस्पतालमा मानसिक सेवा सुरु गर्न जनशक्ति अपुग हुने कारण छात्रवृत्तिमा मानसिक स्वास्थ्यसम्बन्धी जनशक्तिलाई प्राथमिकता साथ परोपकारमा पठाउन पहल गर्ने र उनीहरुलाई थप सशक्त बनाउने पनि प्रतिवद्धता जनाए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया