बिएल संवाददाता
रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो देखिन्छ। एकासि चक्कर चलेर आउँछ, यो एक साधारण रोग हो तर, लापरबाही गर्नु हुँदैन।
किनभने यो गम्भीर रोगको संकेत पनि हुनसक्छ। रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ।
टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कानमा बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन्। आज हामीले रिँगटा लाग्छ? के गर्ने के नगर्नेबारे जानकारी प्रस्तुत गरेका छौँ।
के खाने?
–समयमै खाना खाने।
–एक गिलास दूध वा पानीमा ग्लुकोज मिसाएर पिउने।
–गर्मी भएमा अमलाको सर्वत पिउने।
–एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिधेंर बिहान बेलुका खाने।
–के नखाने ?
–रक्सी, खैनी, नशालु पदार्थ नखाने।
–एलोपेथिक औषधि आफ्नो इच्छाले नखाने।
–अत्याधिक खाना नखाने।
के गर्ने?
–रिँगटा लाग्ने बित्तिकै बस्ने।
–सुविधा भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने।
–निन्द्रा लाग्यो भने पर्याप्त सुत्ने।
–नियमित व्यायाम गर्ने र बिहान घुम्न जाने।
–टाउकोमा बदामको तेलले मालिस गर्ने।
–फिजियोथेरपिस्टसँग सिकेर सधैं कसरत गर्ने।
के नगर्ने?
–एक्लै घुम्न नजाने।
–अग्लो, होचो, अँध्यारो, चिप्लो बाटोमा नहिँड्ने।
–चिया, चुरोटरबिंडी नखाने।
–साइकल, स्कुटर, कार नचलाउने।
कुनै अग्लो ठाउँबाट तल नहेर्ने।
–आगो या पोखरीबाट टाढै रहने।
–खोला नतर्ने। (एजेन्सीको सहयोगमा )
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया