बिएल संवाददाता
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव स्वास्थ्यसँग सम्बन्धित विषयमा नीतिगत समन्वय गर्न आवश्यक रहेको बताएका छन्।
बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय जनस्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले सबै पक्षबीच नीतिगत समन्वय प्रभावकारी रुपले कार्यान्वयन नभएको कारण सरकारले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व प्रभावकारी ढंगले निर्वाह नभएको बताए।
उनले भने, ‘स्वास्थ्य मन्त्रालय सबै मन्त्रालयसँग सम्बन्धित नै हुँदोरहेछ। कुनैपनि विषय अर्को मात्रै मन्त्रालयको हो, स्वास्थ्य होइन भन्न नपाइने रहेछ। त्यसैले मानव स्वास्थ्यसँग सबै पक्ष जोडिने भएको कारणले नीतिगत समन्वय गर्न आवश्यक देखिन्छ। नीतिगत समन्वय प्रभावकारी रुपले कार्यान्वयन नभएको कारणले सरकारले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व प्रभावकारी ढंगले निर्वाह नभएको कतिपय तथ्यहरुले देखाएको छ। एकआपसमा नीतिगत समन्वय कसरी गर्न सकिन्छ, कार्यगत प्रणालीलाई व्यवस्थापन गर्नेबारेमा निचोड निकालेर निर्णय गर्न आवश्यक छ।’
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि राज्यका सबै संयन्त्रहरु सक्रिय बनाउन आवश्यक रहेको मन्त्री पौडेलको भनाइ छ।
नागरिक सरोकारका विषयहरुलाई ध्यानमा राखेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रत्याभुत गराउन आफू लागि परेको उनको दाबी छ।
‘समितिको बैठक समेत नियमित गर्न जरुरी छ। अहिले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनका लागि सरकारका सबै संयन्त्रहरुलाई परिचालन गर्न आवश्यक भएकोले यसका लागि राष्ट्रिय योजना आयोगसमेत सबै मन्त्रालयसँग छलफल भइरहेको छ। मन्त्रीका रुपमा आइसकेपछि यो पहिलो बैठक हो। अब हामी नागरिक सरोकारका विषयहरुलाई ध्यानमा राखेर प्रभावकारी स्वास्थ्य सेवाका लागि आम नागरिकलाई महसुस गराउने गरी काम गरिरहेका छौँ,’ उनको भनाइ छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया