बिएल संवाददाता
हिजोआज उमेर नपुग्दै कपाल झर्ने फूल्ने समस्या भएका पुरुषको संख्या धेरै छन्। जसले गर्दा पुरुषको व्यक्तित्वमा असर र्पुयाइरहेको हुन्छन्।
दिनमा सयवटा जति कपाल झर्नुलाई सामान्य रूपमा लिइन्छ। तर, यो भन्दा बढी कपाल एकैचोटि झर्न थाल्यो भने समस्या रहेको भनेर बुझ्नु जरुरी छ।
कारण
–पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशानुगत गुण हो।
–दैनिक काम वा अन्य विभिन्न कारण अत्यधिक तनाव भएमा हर्मोनमा गडबडीले गर्दा प्रतिक्रियास्वरूप बाक्लो कपाल झर्न थाल्छ।
–धूम्रपान गर्दा पाइने निकोटिनका कारण रक्तनली खुम्चिने हुन्छ। यसले गर्दा शरीरमा अक्सिजनको मात्रा कम भई कपाल झर्ने हुन्छ।
–मद्यपान गर्ने अधिकांश पुरुषमा टक्सिनको मात्रा बढ्ने, आइरन र जिंक कम हुन्छ। जसका कारण पनि कपाल झर्छ।
–टेस्टोस्टेरोन हर्माेन तीव्र गतिमा बढ्न थालेपछि बाक्लो कपाल बिस्तारै झर्न सुरु गर्छ।
रोकथाम
वंशानुगत गुण, बढ्दो उमेर, हर्मोनका कारणले कपाल झरेको भए यसलाई रोक्न मुस्किल हुन्छ। तर, अस्वस्थ खानपान, धूम्रपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोग आदि कुराले कपाल झरिरहेको भए यसलाई रोक्न भने सकिन्छ।
–स्वस्थ जीवनशैली तथा खानपान आवश्यक हुन्छ।
–धूम्रपान र मद्यपान गर्नुहुँदैन।
–तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग नगर्दा कपाल झर्न कम हुन्छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया