सन्तोष न्यौपाने
छ्या कस्तो हाइ आएको, जब हाइ गरिसकेपछि सबैको मुखमा झुन्डिनी शब्दा हो। हाइ आउने भनेको आफूले चाहेर होइन, नचाहेर हुने कुरा हो।
सुतेर उठ्दा, थकाइ लाग्दा, निद्रा नपुग्दा, भोक लाग्दा, तनाव हुँदा हाइ आउने गर्छ। हाइ आउनु एउटा इन्भोलिन्टरी मुभमेन्ट हो।
अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनमा प्रकाशित शोधका अनुसार हाइ गर्दा शरीरमा अक्सिजनको पर्याप्त आपूर्ति हुन्छ। शरीरमा अक्सिजनको कमीले हाइ आउँछ। मस्तिष्कको भित्तालाई चिसो राख्न पनि मानिसलाई हाइ आउने हुन्छ। कतिपय मानिसलाई लगातार हाइ आइरहेको हुन्छ। यस्तो किन हुन्छ ? तपाईलाई हामी जनाकारी दिने छौँ।
हाइ आउने मुख्य कारण यस्ता छन्।
–तनाव तनावको कारणले पनि लगातार हाइ आउन सक्छ। किनभने तनाव बढ्दा मष्तिस्कको तापक्रम बढ्छ र यसले पनि हाइ अलि बढी आउँछ। हाइ आउँदा मष्तिस्कमा धेरै अक्सिजन पुग्छ।
–थकान थकित हुँदा पनि लगातार हाइ आउँछ। किनभने शरीरमा अक्सिजनको कमीले ऊर्जाको कमी हुन्छ। हाइले अक्सिजनको आपूर्ति गराएर शरीरमा ऊर्जा बढाउँछ।
–निद्रा नपुग्दा पनि मान्छे थकित भएर बारम्बार हाइ आउन सक्छ। त्यस्तै निद्रा नपुग्दा हुने स्लीप एपनिया नामक डिसअर्डरको संकेत पनि हाइ आउनुको कारण हुनसक्छ। यस्ता व्यक्तिमा सास फेर्न गाह्रो हुने र शरीरमा अक्सिजनको मात्रा कम हुन्छ, यसले गर्दा हाइ आउने गर्छ।
–मुटुमा समस्या धेरै हाइ आउने व्यक्तिलाई मुटुमा समस्या हुनसक्छ। किनभने यस्ता मान्छेको शरीरमा अक्सिजनको कमी हुन्छ। यसले रक्तसञ्चारमा समस्या हुन्छ। शरीरमा अक्सिजनको मात्रा बढाउन छिनछिनमा हाइ आउँछ।
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया