बिएल संवाददाता
अमेरिकामा मंगलबारदेखि एप्पल वाचका तीन लोकप्रिय उत्पादन सिरिज ६, सिरिज ९ र अल्ट्रा २ उपलव्ध हुने छैनन् । अमेरिकाको अन्तर्राष्ट्रिय ट्रेड कमिशनले यी उत्पादनको आयात तथा बिक्रीमा प्रतिवन्ध लगाएको हो ।
एप्पलले सन् २०२० पछि उत्पादन गरेका सिरिज ६, सिरिज ९ र अल्ट्रा २ मा मासिमो कम्पनीको पेटेन्ट राइट भएको रगतमा अक्सिजन मापन गर्ने प्रविधि जडान गरेको थियो । बिना अनुमति पल्स अक्सिमिट्री जडान गरेको भन्दै मासिमोले एप्पलविरूद्ध अमेरिकी अन्तर्राष्ट्रिय ट्रेड कमिशनमा उजुरी गरेको थियो । त्यही उजुरीको सुनुवाई पछि कमिशनले एप्पललाई दण्डित गरेको हो ।
कमिशनको आदेशमा अमेरिकी राष्ट्रपतिले ६० दिनमा भिटो लगाउने सक्ने भए पनि राष्ट्रपति बाइडेनले भिटो लगाउन आवश्यक ठानेनन् । भिटो लगाउँने म्याद सोमबार सकिएकाले मंगलबारदेखि एप्पलका यी घडीको आयात तथा बिक्रीमाथि प्रतिवन्ध लागेको हो ।
एप्पलजस्तो प्रतिष्ठित ब्राण्डका लागि नैतिक तथा आर्थिक रूपमा यो ठूलो क्षति हो । यसबाट उसको करोडौ नोक्सान भएको छ भने चोरीको प्रविधि प्रयोग गर्दा ब्राण्डको शाखमा पनि ठूलो क्षति भएको छ।
एप्पलले क्रिसमस तथा नयाँ वर्षको उपहारका रूपमा राष्ट्रपति बाइडेनको भिटो उपहार अपेक्षा गरेको थियो । तर, बाइडेनले त्यसो नगरेर एप्पललाई पुरस्कृत गर्न आवश्यक ठानेनन् । ह्वाइट हाउसका एक अधिकारीले भने, 'त्यसो गर्नु मासिमोको प्रविधि चोरीलाई पुरस्कृत गर्नु थियो । अमेरिका त्यसो गर्न सक्दैन ।'
एप्पलले गतसाता नै आफ्नो वेभसाइट एप्पलका यी उत्पादनहरूको विज्ञापन र अनलाइन तथा स्टोरबाट बिक्री बितरण गर्न छोडेको थियो ।
एप्पलले यसअघि यी उत्पादन खरिद गरिसकेका उपभोक्तालाई भने बिक्रिपछिको सुविधा उपलव्ध गराउने जनाएको छ । उसले केही समयपछि नै यो प्रविधिको सोधभर्ना गरिने पनि जनाएको छ ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया