बिएल संवाददाता
पानी पिउनु स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ। डाक्टरहरूले दिनमा कम्तिमा पनि १० गिलास पानी पिउन सुझाव दिन्छन्। पानीको पर्याप्त सेवनले पाचन प्रणाली, छाला तथा कपाललाई पनि स्वस्थ बनाउँदछ।
अझ मनतातो पानीको सेवन स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ। बिहान खाली पेटमा एक गिलास मनतातो पानी पिउँदा पनि शरीरमा धेरै फाइदा हुन्छ।
यदी तपाईंलाई भोक नलाग्ने समस्या छ भने बिहान खाली पेटमा एक गिलास पानी पिउने गर्नुहोस्। यसले तपाईंको भोकलाई बढाउने गर्छ।
बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनाले शरीरमा रक्तसञ्चार सन्तुलित र नियमित हुन्छ। पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ।
बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा पाइन्छ। पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ।
रुघाखोकी लागेको बेला पर्याप्त मात्रामा मनतातो वा तातो पानी पिउनु आवश्यक हुन्छ। तर धेरै चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्दछ।
त्यसैगरी बिहान खाली पेटमा मनतातो पानीमा कागती निचोरेर पिउनाले शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र शरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया