बिएल संवाददाता
स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आइतबार आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ।
बोर्डले कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले उपचार खर्चको २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए।
‘अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ ’, ‘उनले भने, जसले गर्दा बीमितले अनावश्यक स्वास्थ्य परीक्षण नगराउने र बिरामी भएको बीमित मात्र स्वास्थ्य बीमाबाट लाभान्वित हुनेछन्।’
स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर बोर्डमा आबद्ध बीमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने व्यवस्था लागू गरेको हो। बोर्डले यसअघि माघ १ गतेदेखि सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागू गरेको थियो।
उनले सरकारी अस्पतालको सक्षमतामा विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण गराउन सरकारी अस्पतालमा उपचार गर्दा १० र निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी राखिएको बताए।
कार्यकारी निर्देशक डा. बसौलाका अनुसार सहभुक्तानी १५ शय्यासम्मका आधारभूत अस्पतालमा भने लागू हुँदैन। सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, सबै निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा भने सहभुक्तानी प्रणााली लागू हुने कार्यविधिमा उल्लेख गरिएको छ।
बीमा कार्यक्रममा कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ र कूल बीमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ र नवीकरण गर्ने बीमित ४८ लाख आठ हजार सात सय ६० जना रहेका छन्।
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया