बिएल संवाददाता
नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को सहयोग कटौतीपछि एचआईभी/एड्स रोकथाममा चुनौती देखिन थालेको छ।
शुक्रबार ‘एएचएफ नेपाल’ले काठमाडौंमा आयोजना गरेको एक अन्तर्क्रियामा बोल्ने वक्ताहरूले अमेरिकी सहयोग कटौतीले संक्रमितहरू प्रत्यक्ष प्रभावित भएको बताए।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका क्षेत्रमा कार्यरत संस्था ब्लू डाइमण्ड सोसाइटीमा आवद्ध ज्योति थापाले आफ्ना समूदायका व्यक्तिहरू बढी प्रभावित भएको सुनाइन्। उनले यूएसएआईडीको सहयोगमा २०-२१ वटा जिल्लाहरूमा एचआईभी एड्स रोकथामको लागि उपचार केन्द्रहरू सञ्चाल गरी सेवा दिइरहेको भएपनि सहयोग कटौती हुँदा समस्या भएको बताइन्।
सहयोग नै नआएपछि सोसाइटीले आफ्नो सेवाहरू सञ्चालन गर्न नसकिरहेको बताइन्।
थापाले यूएसएआईडीको सहयोग बन्द भएसँगै नेपालमा एचआईभीको संक्रमण पनि बढ्ने जोखिम रहेको बताइन्। उक्त सहयोग कटौंतीको असर प्रत्यक्ष रुपमा देखिन थालेको बताइन्।
उनले भनिन्, ‘यूएसएआईडीको प्रोजेक्ट या सहयोग नेपालमा जुन भइरहेको थियो त्यो बन्द भयो। जसले गर्दा ब्लु डाइमण्ड सोसाइटीबाट चलिरहेका ठूला कार्यक्रम एचआईभी/एड्स रोकथाम उपचार केन्द्र र अधिकारको वकालतका कार्यक्रमहरू देशका २० देखि २१ जिल्लाहरूमा राम्रोसँग चलिरहेका कार्यक्रम धरापमा परेका छन्।’
कार्यक्रम नै ठप्प भएपछि एचआईभी/एड्सलाई २०३० सम्म अन्त्य गर्ने सरकारको लक्ष्यमा पुग्न नसकिने उनले धारणा राखिन्। कार्यक्रममा डा.सर्वेस शर्मालगायतले नेपालमा एचआइभी/एड्स रोकथाम कार्यक्रमलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने औंल्याए।
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया