बिएल संवाददाता
जाडाे माैसम सुरू भइसकेकाे छ। मानिसहरू बिरामी भइरहेका छन्। जिल्ला अस्पतालहरू रुघाखोकी र ज्वरोका बिरामीहरूले भरिभाउ हुँदैछ। तापक्रममा हुने उतारचढावका कारण दमका बिरामीको समस्या पनि बढिरहेकाे छ।
श्वासप्रश्वासमा समस्या भएका बिरामी दैनिक बढ्दै छन्। त्यसैले डाक्टरहरूले मानिसहरूलाई जाडाेबाट बच्नका लागि सल्लाह–सुझाव दिइरहेका छन्।
अहिले पनि पूर्ण रुपमा चिसो भइसकेकाे छैन तर बिहान र बेलुका पर्याप्त मात्रामा चिसो भइरहेको छ। त्यसैले मानिसहरू लापरबाही गरिरहेका छन्। पर्याप्त न्यानो लुगा नलगाउनाले मानिसहरू जाडाेका कारण बिरामी परिरहेका छन्। पेट दुख्ने, रक्तचाप र मधुमेहका बिरामीको संख्यामा पनि केही वृद्धि भएको छ।
कसरी बच्ने?
बिहान र बेलुका न्यानो लुगा लगाउनुहोस्।
मनतातो पानी पिउनुहोस्।
फ्रिजमा राखिएको पानी वा खानेकुरा सेवन नगर्नुहोस्।
बाहिर केही पनि नखानुहोस् वा नपिउनुहोस्।
धूलो र धूवाँबाट जोगिनुहोस्।
बिहान चिसो कम भएपछि मात्र हिँडडुल गर्न जानुहोस्।
के भन्छन् विशेषज्ञहरू?
लापरबाहीका कारण मानिसहरू बिरामी परिरहेको डाक्टरहरूकाे भनाइ छ। मानिसहरूले बिहान र बेलुका न्यानो लुगा लगाउँदैनन्। बदलिँदो मौसममा भाइरस सक्रिय हुन्छन्। त्यसैले टाढै बस्नुपर्ने आवश्यकता छ।
यदि स्वास्थ्य बिग्रियो भने तुरुन्तै डाक्टरलाई देखाउनुपर्छ। किनकि उपचारमा लापरबाही गर्नेहरूको अवस्था गम्भीर बन्दै गएको छ। तिनीहरूलाई सास फेर्न गाह्रो भएको छ।
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया