बिएल संवाददाता
ललितपुरको नेपाल मेडिसिटी अस्पतालले एक वर्षमा २३ जनाको मृगौला प्रत्यारोपन गराएको छ।
अस्पतालले मंगलबार पत्रकार सम्मलेन गर्दै एक वर्ष यता १६ जना महिला र ७ जना पुरूष गरेर २३ जनामा मृगौला प्रत्यारोपन गराएको जानकारी दिएको हो।
प्रत्यारोपन गराएका बिरामीहरूको मृगौला बिग्रनु कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी मृगौला प्रत्यारोपन विभागका डा. प्रकाश पौडेलले बताए।
‘मृगौला प्रत्यारोपन गराएका २३ जनाहरूमा उच्च रक्तचाप र मधुमेहको समस्या देखियो’, उनले भने, ‘ग्लोमेरुलो नेफ्राइटीस शरीरमा प्रोटिन मात्रा बढि भएर लिकेज हुन थालेपछि मृगौला बिग्रिन्छ।’
उनका अनुसार विशेषगरी खाडी मुलुकमा काम गरेर स्वदेश फर्किएकाहरूमा मृगौलाको समस्या देखिएको छ।
मृगौला प्रत्यारोपन गर्न आएका ९ जनाहरूमध्ये पाँच जना दुबई र कतारबाट आएका उनले बताए।
‘पानीको कमी र धेरै तापक्रमको कारण खाडी मुलकमा काम गर्न गएका नेपालीहरूमा मृगौलाको समस्या देखिएको हो’, डाक्टर पौडेलले भने, ‘उक्त समस्यालाई नियन्त्रण गर्नका लागि विदेशबाट फर्किएकाहरू उपचार विमानस्थलमै गर्नुपर्छ।’
कति लाग्छ उपचार खर्च ?
पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गएको छ। सोही समस्यालाई मध्यनजर गर्दै मेडिसिटी अस्पतालले २०७९ माघ महिनादेखि मृगौला प्रत्यारोपन गराउँदै आएको छ।
युवादेखि वृद्धासम्मको मृगौला प्रत्यारोपन गराउन सफल भएको मेडिसिटी अस्पतालमा बुटवल, पोखरा, काठमाडौं, रामेछाप, इलाम, दाङ, अर्घाखाँची र हेटौंडाबाट आउने गर्छन् बिरामीहरू।
मृगौला प्रत्यारोपन गर्नका लागि सरकारले एक जनालाई पाँच लाख रूपैयाँ दिने गरेको छ तर बिरामीको मुल उपचार खर्च ७ देखि ८ लाखसम्म पर्छ। त्यहिपनि उपचारका लागि लामो समय कुरिरहनुपर्छ।
सरकारी अस्पतालले बिरामीहरूलाई कुराएपनि मेडिसिटीले भने तुरून्तै बिरामीको उपचार गर्ने उनको भनाइ छ। त्यसको लागि १५ लाख उपचार खर्च लाग्छ।
‘मेडिसिटीमा ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, वसकारण मृगौला दाता र ग्रहणकर्तालाई दुर्खाइ पनि कम हुन्छ र बिरामी पनि चाड्डैं निको भएर घर फर्किन्छ’, उपचारबारे उनले बताए।
एक वर्षदेखि मृगौला प्रत्यारोपन गराइरहेको मेडिसिटी अगामी दिनहरूमा बिरामीहरूको सेवा गरिरहने अस्पतालले जनाएको छ।
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया