बिएल संवाददाता
नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले मुलुकमा जलनसम्बन्धी स्तरीय अस्पताल निर्माणमा आफू क्रियशील रहने बताएका छन्।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले मुलुकमा हालसम्म जलनसम्बन्धी स्तरीय अस्पताल बन्न नसक्नु दुखद भएको बताए। उनले राज्यमा जलनसम्बन्धी प्रभावकारी उपचार गर्ने अस्पतालको खाँचो औँलाउँदै यसको स्थापनाका लागि आफूले पहल गर्ने उल्लेख गरे।
विकाससँगै उपयोगिताबारे आमजनतामा जनचेतना फैलाउनुपर्ने भण्डारीको भनाइ थियो। ‘हामीले गरेको विकास जनतासम्म पुगेको छ। अब त्यसको उपयोगका बारेमा जनचेतना जगाउन आवश्यक छ। विकासको सही तरिकाले सदुपयोग नहुँदा यस्ता समस्या उत्पन्न भइरहेका छन्’, उनले भने।
आगलागी, भूकम्प, बाढीपहिरोलगायत भवितव्यसम्बन्धी सुरक्षा सावधानीका विषय पाठ्यक्रममा नै समेटिनुपर्नेमा नेता भण्डारीले जोड दिए। सङ्घीय सरकारले जनलसम्बन्धी उपचार गर्ने गुणस्तरीय अस्पताल बनाउनुपर्ने भन्दै ललितपुर महानगरका प्रमुख, काठमाडौँका महानगरका प्रमुखलगायत मिलेर योजना अगाडि सानुपर्ने उनको भनाइ थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया