बिएल संवाददाता
नेपाली कांग्रेसले वर्तमान सरकारले ल्याएकाे बजेटमा सुधारका कार्यक्रम नदेखिएकाे टिप्पणी गरेका छन्।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको बजेटबारे कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले यसअघि बोले जस्तो बजेटमा नआएको टिप्पणी गरेका हुन्।
उनले सरकारले चाहे जस्तो ठुलो बजेट बनाउन नसकेको बताउँदै वास्तविकताभन्दा माथि रहेको बताए।
उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरु बजेटमा उल्लेख नगरेको बताउदै अहिले जारी रहेका योजना बारे समेत मौन रहेको टिप्पणी गरेका छन्। उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउँदै पूरा बजेट किताब हेरेपछि भन्न सकिने बताए।
डा. महतले प्याज, आलु र स्याउमा भ्याट हटाउने घोषणा गरेर सिधै झुट बोलेको बताउँदै आफूहरुले भन्सारमा भ्याट लाग्दै आएकोमा अब हटेपछि यी वस्तु कसरी सस्तो हुन्छन् भन्दै प्रश्न गरेका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया