बिएल संवाददाता
सुरक्षाकर्मीहरूको सेवा निवृत्त हुने उमेरको पुनरावलोकन हुने भएको छ। त्यसका लागि सरकारले अध्ययन गर्ने घोषणा गरेको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सुरक्षाकर्मीहरूको अवकाश उमेर हेरफेर हुने बताएका हुन्।
उनले नेपाली सेनालाई प्रविधियुक्त र दक्ष एंव व्यावसायिक बनाउँदै लैजाने तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धन विभागलाई संस्थागत सुदृढीकरण गरी दक्ष एंव व्यावसायिक बनाइने घोषणा पनि गरे।
नेपाली सेनाको बंकरदेखि ब्यारेकसम्म कार्यक्रमका लागि उनले एक अर्ब ५० करोड बजेट छुट्याइएको घोषणा गर्दै उनले राष्ट्रिय सेवा दल कार्यक्रमलाई स्थानीय तहसम्मै पुर्याइने बताए।
रक्षा मन्त्रालयका लागि उनले ५९ अर्ब ७८ करोड रुपैयाँ छुट्याइएको बताएका छन्।
त्यस्तै कारागारहरूलाई सुधारगृहका रुपमा विकसित गर्दै लैजाने बताउँदै उनले खुला कारागारको अवधारणालाई कार्यान्वयनमा लैजाने बताए।
उनले कारागारहरूमा कैदीबन्दीहरूको चाप कम गर्न ‘पे-रोल’मा कैदीबन्दीहरूलाई निश्चित समयका लागि बाहिर बस्ने नीति अपनाउने पनि बताए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया