बिएल संवाददाता
सुरक्षाकर्मीहरूको सेवा निवृत्त हुने उमेरको पुनरावलोकन हुने भएको छ। त्यसका लागि सरकारले अध्ययन गर्ने घोषणा गरेको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सुरक्षाकर्मीहरूको अवकाश उमेर हेरफेर हुने बताएका हुन्।
उनले नेपाली सेनालाई प्रविधियुक्त र दक्ष एंव व्यावसायिक बनाउँदै लैजाने तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धन विभागलाई संस्थागत सुदृढीकरण गरी दक्ष एंव व्यावसायिक बनाइने घोषणा पनि गरे।
नेपाली सेनाको बंकरदेखि ब्यारेकसम्म कार्यक्रमका लागि उनले एक अर्ब ५० करोड बजेट छुट्याइएको घोषणा गर्दै उनले राष्ट्रिय सेवा दल कार्यक्रमलाई स्थानीय तहसम्मै पुर्याइने बताए।
रक्षा मन्त्रालयका लागि उनले ५९ अर्ब ७८ करोड रुपैयाँ छुट्याइएको बताएका छन्।
त्यस्तै कारागारहरूलाई सुधारगृहका रुपमा विकसित गर्दै लैजाने बताउँदै उनले खुला कारागारको अवधारणालाई कार्यान्वयनमा लैजाने बताए।
उनले कारागारहरूमा कैदीबन्दीहरूको चाप कम गर्न ‘पे-रोल’मा कैदीबन्दीहरूलाई निश्चित समयका लागि बाहिर बस्ने नीति अपनाउने पनि बताए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया