बिएल संवाददाता
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ।
यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ३८ हजार छ सय ५० तय भएको छ।
चाँदीको मूल्य पनि तोलामा रु पाँचले घटेको छ। बिहीबार तोलामा रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको भने रु एक हजार आठ सय निर्धारण भएको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया