बिएल संवाददाता
डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि १ महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार बिनिताको शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ४ बजे निधन भएको हो।
माल्टा पुगेको भोलिपल्टै बिनिताको स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँच गर्दा डेंगुको संक्रमण पुष्टि भएको थियो। उनको माल्टाको सरकारी अस्पतालमा उपचार भइरहेको थियो।
अध्यक्ष अर्यालका अनुसार बिनिताको बिमा नभएकोले अस्पतालमा ३० हजार युरो बिल उठेको छ।
बिनिताले कम्पनीमा काम पनि सुरु गरिनसकेको अवस्थामा रोजगारदाताले उपचार खर्च तिर्छ/तिर्दैन यकिन भइसकेको छैन। यद्यपि कम्पनी व्यवस्थापनले उनको निधनप्रति दुः ख व्यक्त गर्दै सहयोग गर्नै प्रतिबद्धता जनाएको अर्यालको भनाइ छ।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया