बिएल संवाददाता
बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनको परिणाम आउने क्रम सुरु भएको छ।
यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको भएपनि सर्वेक्षणले लेबर पार्टीले बहुमत ल्याउने देखाएका छन्।
सर्वेक्षणहरुले ६५० संसदीय सीटमध्ये लेबर पार्टीले ४ सय भन्दा बढी जित्ने अनुमान गरेका छन्।
त्यस्तै प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीले केवल १३० सिट जित्ने अनुमान गरेका छन्। यदि सर्वेक्षण सही साबित भयो भने कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकको १८ महिनाको कार्यकाल समाप्त हुनेछ। र, बेलायतमा सत्ता संचालनको जिम्मेवारी १४ वर्षमा पहिलो पटक लेबर पार्टीले देशको जिम्मेवारी लिनेछन्। लेबर पार्टीबाट केयर स्टारर प्रधानमन्त्री बन्ने छन्।
बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभले शासन गर्दै आएका छन्। यद्यपि, यी वर्षहरू राजनीतिक र आर्थिक परिप्रेक्ष्यमा उथलपुथलले भरिएका छन् र पछिल्लो आठ वर्षमा बेलायतमा पाँच कन्जरभेटिभ प्रधानमन्त्री बनेका छन्।
२०२०मा केयर स्टारर लेबर पार्टीको अध्यक्षमा निर्वाचित भए। तर, स्टारमर अध्यक्ष बनेपछि पार्टीले ८५ वर्षमा सबैभन्दा नराम्रो हार बेहोरेको थियो। उनले तत्कालै पार्टीलाई पुनः विजयी बनाउने आफ्नो मिशन घोषणा गरे।
लेबर पार्टीलाई बेलायती राजनीतिको केन्द्रमा फर्काउने र मतदातालाई फराकिलो अपिल गर्ने स्टारमरको प्रयास सफल भएको देखिन्छ।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया