बिएल संवाददाता
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार युक्रेनलाई थप २२ करोड ५० लाख डलरको सुरक्षा सहायता घोषणा गरेका छन्।
पेरिसमा वार्ताका लागि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगको भेटमा उनले युक्रेनका लागि आफ्नो समर्थन दिने वाचा गर्दै उक्त घोषणा गरेका हुन्।
बिहीबार उत्तरी फ्रान्सको प्रतीकात्मक डि–डे समारोहमा भाग लिएपछि बाइडेनले जेलेन्स्कीसँग भने, ‘अमेरिका तपाईंसँग उभिएको छ।’ उनले कांग्रेसमार्फत नयाँ सहायता प्राप्त गर्न भएको ढिलाइप्रति पनि खेद व्यक्त गरे। ‘तपाईं झुक्नुभएको छैन, तपाईंले लडाइँ जारी राख्नुभयो जुन उल्लेखनीय छ’, उनले जेलेन्स्कीसँग भने।
नयाँ प्याकेजमा हवाई रक्षा इन्टरसेप्टर, तोपखाना गोलाबारुद र अन्य ‘महत्त्वपूर्ण क्षमताहरू’ समावेश रहेको ह्वाइट हाउसले एक विज्ञप्तिमा बताएको छ। ‘युक्रेनका लागि अमेरिकी समर्थन अटुट छ भनेर राष्ट्रपतिले जोड दिनुभएको छ’, विज्ञप्तिमा उल्लेख छ। दुवै नेता इटालीमा आगामी जी- ७ शिखर सम्मेलनमा पुनः भेट्न सहमत भएकाे विज्ञप्तिमा जनाइएको छ।
अर्को भिन्नै विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले सुरक्षा प्याकेजमा युक्रेनलाई सबैभन्दा आवश्यक युद्धक्षेत्रको आवश्यकताहरू पूरा गर्न हतियार प्रदान गरिने बताएको छ। यसमा स्टिङ्गर एन्टी–एयरक्राफ्ट मिसाइल, एचआइएमएआरएस सिस्टमका लागि गोलाबारुद र १५५ मिमी तथा १०५ मिमी तोपखाना राउन्ड रहेका छन्।
जेलेन्स्कीले शुक्रबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि वार्ता गर्ने तयारी गरेका थिए। म्याक्रोनले बिहीबार युक्रेनलाई मिराज २००० लडाकू विमानहरू हस्तान्तरण गर्ने र नयाँ सैन्य सहयोगको हिस्सास्वरूप युक्रेनी पाइलटहरूलाई तालिम दिने बताएका थिए।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया