बिएल संवाददाता
सोमालियाको मोगादिसुस्थित हयात होटलमा भएको आतङ्कवादी समूह अल–शबाबको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ।
मोगादिसुको उक्त होटलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा कैयौँ घाइते भएका बताइएको छ। पछि घाइतेहरुको निधन भएको र आइतबार बिहानसम्म निधन हुनेको संख्या २० पुगेको बताइएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले एक विज्ञप्ति प्रकाशन गरी सो आक्रमणमा संलग्नहरुको पहिचान गरी उनीहरुलाई सख्त कारबाही गर्न जानकारी दिएका छन्।
साथै सो विज्ञप्तिमा उक्त आक्रमणमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरिएको छ।
शुक्रबार राति अल–शबाबका लडाकूहरुले उक्त होटलमा आक्रमण गरेका थिए। प्रत्यक्षदर्शीहरुका अनुसार घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको थियो।
हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए।उक्त हायात होटलमा हमला हुँदा ठूलो संख्यामा पर्यटक रहेका बताइएको छ । सो हमलापछि कडा सुरक्षाको व्यवस्था गरिएको थियो।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया