बिएल संवाददाता
वर्षा मौसम शुरू भएयता बुरुन्डीमा कम्तीमा २९ जनाको मृत्यु र लाखौँ मानिस प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार जलवायु परिवर्तनप्रति सर्वाधिक संवेदनशील २० मुलुकमध्ये एक बुरुन्डीमा एल निनो मौसमी प्रभावका कारण धेरै महिनादेखि लगभग लगातार वर्षा भइरहेको छ।
पूर्वी अफ्रिकामा हालकै सातामा मुसलधारे वर्षा भइरहेको छ। यसबाट यस क्षेत्रका केही भाग विशेष गरी केन्या र तान्जानिया बढी प्रभावित भएका छन् र सयौँको ज्यान गएको छ।
ताङ्गानिका तालको उत्तरपूर्वी तटमा रहेको बुरुन्डीको प्रमुख शहर बुजुम्बुरामा धेरै क्षेत्रमा बाढी आएको छ। सडक तथा पुल क्षतिग्रस्त भएका छन्। संयुक्त राष्ट्रसंघीय मानवीय प्रतिक्रिया एजेन्सी ओसीएचएले बुधबार अपडेटमा भनेको छ, “एल निनो मौसमी प्रभावका कारण मुसलधारे वर्षा, बाढी र पहिरो निम्तिएको छ।”
अप्रिल २६ सम्म दुई लाख ३७ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन्। विस्थापित ४२ हजारमध्ये आधाभन्दा धेरै महिला रहेको अपडेटमा उल्लेख छ। यस अवधिमा २९ जनाको मृत्यु र १७५ जना घाइते भएका छन्।
अफ्रिकाको सबैभन्दा दोस्रो ठूलो ताल ताङ्गानिकाको स्तर लगातार बढिरहेकाले ओसीएचएले सतर्क रहन चेतावनी दिएको छ। बुरुन्डी सरकार र राष्ट्रसंघले गत महिना अविरल वर्षाको ‘विनाशकारी प्रभाव’को सामना गर्न वित्तीय सहयोगका लागि अपिल शुरू गरेका थिए।
यो अवस्थालाई लिएर राष्ट्रपति इभारिस्ट नदायिशिमियेको सरकारको विशेष गरी नागरिक समाज समूहहरूबाट आलोचना भइरहेको छ। उनीहरूले अधिकारीहरूसँग आपत्कालीन अवस्था या प्राकृतिक प्रकोपको अवस्था घोषणा गर्न आह्वान गरेका छन्।
एल निनो प्राकृति रूपमा हुने जलवायु घटना हो र यो सामान्यतया विश्वभरमा बढ्दो गर्मीसँग सम्बन्धित छ। यसले विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भारी वर्षा निम्त्याउँछ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया