बिएल संवाददाता
साउथ अकल्याण्डको एक भण्डारण एकाइमा परित्यक्त सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
डिटेक्टिभ (गुप्तचर) इन्स्पेक्टर टोफिलाउ फामानुइया वाएलुआले उक्त रिपोर्टको पुष्टि गर्दै प्राथमिक विद्यालय जाने उमेरका दुई बालबालिकाको अवशेष मान्युरेवाको पूरानो सामानहरूको भण्डारमा फेला परेको बताए।
न्युजिल्यान्ड हेराल्डका अनुसार प्रारम्भिक सङ्केतका आधारमा टोलीले ती मृत बालबालिका फेला पर्नुअघि कैयौँ वर्षदेखि सुटकेसभित्र रहेको हुनसक्ने अनुमान गरेको थियो।
वाएलुआले यो खबरले समुदायलाई निकै दुःखी तुल्याउने आफूले बुझेको बताए।
प्रहरी अझै पनि अनुसन्धानको प्रारम्भिक चरणमा रहेको उनले जानकारी दिए। 'तर ती बच्चाहरूको अवशेष धेरै वर्षदेखि सुटकेसमा रहेको हुनसक्ने देखिन्छ,' उनले भने।
'प्रहरीले भण्डारण एकाइको भाडाको सन्दर्भमा ‘अनुसन्धानको सकारात्मक सङ्केतहरू’ पछ्याइरहेको छ,' वाएलुआले भने। ती बालबालिका ५ देखि १० वर्ष उमेर समूहका रहेको र उनीहरुको मृत्यु कहिले र कहाँ भएको हो भन्ने पत्ता लगाउन प्रहरीले काम गरिरहेको प्रहरीको गुप्तचर निकायले जनाएको छ।
'म के भन्न सक्छु भने हामीले डिएनए जाँचमा घटनासँग सम्बन्धित निकै राम्रा सङ्केतहरू प्राप्त गरिरहेका छौं,'उनले भने।
घटनाको बारेमा थप जानकारी दिँदै वायलुआले भने 'उनीहरूले क्यानभासिङ र सीसीटीभी सङ्कलन गरिरहेका छन्। यद्यपि, घटना निकै पूरानो हुनसक्ने भएकाले यसलाई चुनौतीपूर्ण बनाइरहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।'
'हामी अनुसन्धानलाई निष्कर्षमा पु¥याउन र यी साना केटाकेटीलाई के भयो भनेर पत्ता लगाउन सक्दो प्रयास गरिरहेका छौं । यो कुनै सजिलो अनुसन्धान होइन।'
उनले सञ्चारमाध्यमसँग धेरै प्रश्नको जवाफ दिन अस्वीकार गर्दै अनुसन्धानमा अन्यथा सम्झौता हुन सक्ने बताएका छन्। मृतकका आफन्तहरु न्युजिल्याण्डमा रहेको उनले बताए।प्रहरीका अनुसार मोनक्रिफ एभे हाउसमा बस्ने मानिसहरूले गत बिहीबार ‘आफ्नो ठेगानामा स्वामित्व नभएको सम्पत्ति’ ल्याएका थिए र उनीहरु घटनामा संलग्न छैनन्।
परिवारले अनलाइन लिलामीको एक भागको रूपमा भण्डारण लकरको सामग्री किनेको र खरीदको भागको रूपमा सुटकेसहरूमा अवशेषहरू फेला पारेको बुझिएको छ।
सप्ताह अन्तमा फोरेन्सिक कामदारहरूले घटनास्थलको जाँच गर्दा घरमा प्रहरी घेराबन्दी गरिएको थियो।
यस हप्ताको सुरुमा प्रहरीले ठेगाना छोडेको थियो तर ड्राइभवेमा ठूला धातुका ढोकाहरू बन्द गरिएका थिए।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया