बिएल संवाददाता
अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यवसायिक भवनभित्र मानिसहरूलाई आतङ्कित पार्ने गरी छुरा प्रहार भएको छ। उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रधानमन्त्री एन्थोनी अल्वानिजले सपिङ मल (किनमेल केन्द्र) मा भएको आक्रमणमा ‘केही व्यक्ति हताहत भएको’ पुष्टि गरेका छन्।
त्यहाँ एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताए।
बोन्डी जक्शनस्थित वेस्टफिल्ड मलभित्र आक्रमणको घटनासँगै मानिसहरूको भागाभाग भएको र प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई व्यापक कारबाही गरेको छ। न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एकजना व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जनाएको छ।
घटनास्थलबाट मानिसहरू भागिरहेको देखिने खालका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
प्रहरीले त्यहाँको समय अनुसार अपरान्ह ४ बज्नै लाग्दा एक व्यक्तिलाइृगोली हानिएपछि अवस्था संवेदनशील बनेको जनाएको छ।
आक्रमणका घटनाहरू जारी रहेको भन्दै मानिसहरूलाई उक्त क्षेत्रतर्फ नजान भनिएको छ।
उक्त क्षेत्रलाई खाली गरिएको छ भने घटनास्थलमा दर्जनौँ एम्बुलेन्स र प्रहरीका गाडीहरू रहेका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिएका छन्।
सामाजिक सञ्जालमा शेअर गरिएको भिडिओमा एकजना पुरुषले ठूलो खालको चक्कु लिएर आक्रमण गर्न खोजेको पनि देखाइएको छ।
न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एकजना व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया