प्रदीप भट्टराई
अमेरिकी सरकारले सन् २०२४ देखि डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम फेरि ल्याउन लागेको छ ।
अमेरिकी विदेश मन्त्रालयले यसको पुष्टी गर्दै डाइभर्सिटी भिसाका नियमहरूमा संशोधन गर्ने नयाँ प्रस्ताव २०२४ को फेब्रुअरीको फेडरल रजिस्टरमा प्रकाश गर्न लागेको जनाएको छ । मन्त्रालयका अनुसार डीभी लोटरी भर्दा इलेक्ट्रोनिक फोटोसहित अन्य केही प्रावधान पनि अद्यावधिक गर्ने भएको छ ।
यसअघि सन् २०१९ को जुन ५ मा तत्कालिन ट्रम्प प्रशासनले डिभी लोटरी भर्दा पासपोर्ट अनिवार्य गर्ने अन्तरिम अन्तिम नियम ल्याएको थियो। यो नियमअनुसार सन् २०१९, २०२० र २०२१ गरी तीन वर्ष डीभी लोटरी भर्दा पासपोर्ट चाहिएको थियो। तर, २०२२ को फेब्रुअरी ४ मा डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बियाले यो नियम लागु गर्नुभन्दा कम्तीमा ३० दिन अगाडि फेडरल रजिष्टरमा प्रकाशित गरेर प्रतिक्रियाको अवधि समेत दिनुपर्ने प्रक्रिया मिचेर ल्याइएको भन्दै खारेज गरिदिएको थियो ।
फैसला गर्ने न्यायाधिस टिमोथी केली तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले नै नियुक्त गरेकf न्यायाधीश हुन्। यही फैसलाका आधारमा २०२२ र २०२३ को डीभी लोटरी भर्न पासपोर्ट चाहिएको थिएन।
तर, यसपटक भने सबै प्रक्रिया मिलाएरै बाइडेन प्रशासनले डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने नियम ल्याउन लागेको छ ।
यो नियम लागु भएपछि डीभी लोटरी भर्ने समयमा नेपालमा फेरि एकपटक पासपोर्ट बनाउनेको लामो भींड हुने भएको छ। यसअघि २०१९ देखि २१ सम्म दिनमा तीनहजार पासपोर्ट बितरण गर्नुपरेको थियो ।
अमेरिकी सपना साकार पार्ने एक माध्यम बनेको डीभी लोटरी बर्सेनी हजारौ कक्षा १२ उत्तीर्ण नेपालीले भर्दैआएका छन्।
तपाईं पनि २०२४ मा डीभी लोटरी भर्दै हुनुहुन्छ? त्यसो हो भने डीभी लोटरी भर्न पासपोर्ट अनिवार्य हुँदैछ। बैलैमा बनाएकै राम्रो ।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया