प्रदीप भट्टराई
अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली विद्यार्थीको संख्यामा एकसय ३८ प्रतिशतले वृद्धि भएको छ। अमेरिकी विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी आर्थिक वर्ष २०२४ को पहिलो तीन महिना अक्टोबर, नोभेम्बर र डिसेम्बरको प्रतिवेदनमा यस्तो तथ्याङ्क देखिएको हो।
यी तीन महिनामा दुईहजार आठसय ९६ नेपाली विद्यार्थी र तिनका एकसय ११ आश्रितले अमेरिकाको भिसा पाएका छन्। प्रतिवेदनमा अक्टोबरमा पाँचसय आठ, नोभेम्बरमा सातसय ८४ र डिसेम्बरमा एकहजार छसय चार नेपाली विद्यर्थीलेले अमेरिकाको विद्यार्थी भिसा पाए।
तर, अघिल्लो आर्थिक वर्ष २०२३ को पहिलो तीन महिनामा भने एकहजार दुईसय १२ नेपाली विद्यार्थी र तिनका ८२ आश्रितले मात्र अमेरिकाको भिसा पाएका थिए। ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार २०२२ को अक्टोबरमा एकसय २०, नोभेम्बरमा चारसय ७७ र डिसेम्बरमा छसय १५ नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए।
अमेरिकाको विद्यार्थी भिसा पाउँने धेरै नेपाली विद्यार्थीमा युएसएमएलई परीक्षा पास गरेर चिकित्सा शिक्षा अध्ययन गर्न आउने विद्यार्थी र उनीहरूका आश्रित थिए। २०२३ मा मात्र एकहजार आठसय ८८ नेपाली चिकित्सकले अमेरिकाका लागि अनुमति पत्र जीएससी (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिएका थिए । तीमध्ये धेरैजसो अमेरिका आएका थिए। उनीहरूमध्ये आठसय ३२ नेपाली चिकित्सकको त केही समयअघि युएसएमएलई स्कोर नै रद्द भएको थियो ।
अमेरिकी सरकारको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आधिकारिक तथ्याङ्क राख्ने ओपन डोर्स प्रतिवेदनका अनुसार अमेरिकामा २०२३ मा १५ हजार ९० नेपाली विद्यार्थी अध्ययनरत् छन् । यो संख्या अमेरिकामा अहिलेसम्म अध्ययनरत् नेपाली विद्यार्थीको सबैभन्दा ठूलो संख्या हो । यो संख्यासँगै नेपाल अमेरिकामा विदेशी विद्यार्थीको संख्याको आधारमा ११औं स्थानमा पुगेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया