प्रदीप भट्टराई
नेपाल सन् २०२३ मा अमेरिकाले सामान पठाउने राष्ट्रको सूचीमा १६५औं स्थानमा रहेको छ । गत वर्ष नेपालले अमेरिकाबाट ६२.८ मिलियन डलरको सामान आयात गरेर अमेरिकाले सामान निर्यात गर्ने राष्ट्रको सूचीमा यो स्थान हासिल गरेको हो ।
उता, नेपालले भने गत वर्ष अमेरिकामा १४३.६मिलियन डलरको सामान निर्यात गर्यो। यसबाट नेपाल अमेरिकाले सामान ल्याउने राष्ट्रको ११९औं स्थानमा रह्यो ।
नेपाल- अमेरिकाबीचको ब्यापारको यो आकांडा हेर्दा नेपाल अमेरिकासँगको ब्यापारमा ठूलो नाफामा रह्यो। यस अवधिमा नेपाल आठ करोड ८ लाख डलरको ब्यापार-नाफामा रह्यो यसको अर्थ अमेरिकालाई भने त्यतिकै मात्रामा नेपालसँग ब्यापार-घाटामा रहयो।
सन् २०२३मा नेपाल अमेरिकासँग ब्यापार-नाफामा गएको छ। यस वर्ष नेपालले आठ करोड आठ लाखको ब्यापार नाफा गरेको छ।जबकि यसअघि सन् २०२२ मा नेपाल अमेरिकासँग ११ करोड ६१ लाखको ब्यापार घाटामा थियो ।
यसअघि सन् २०२२ मा अमेरिकाले नेपालबाट १४३.३ मिलियन डलरको सामान आयात गरेको थियो । सन् २०२३ को भन्दा ३० लाख डलर कमको सामान आयात गरेर नेपाल अमेरिका सामान पठाउने देशको १२७औं स्थानमा थियो । तर, यसपटक ३० लाख बढीको सामान पठाउँदा पनि अमेरिका सामान पठाउने देशको सूचीमा १२७औं बाट ११९औंमा उक्लेर नेपालले ठूलो छलाङ मारेको छ।
सन् २०२२ मा नेपालले अमेरिबाबाट २५९.४ मिलियन डलरको सामान आयात गरेको थियो । अमेरिकाको कोणबाट हेर्दा नेपाल अमेरिकाले सामान पठाउने राष्ट्रको १२४औं स्थानमा थियो । तर, नेपालका लागि भने त्यो वर्ष ११६.१ मिलियन डलरको ठूलो व्यापार घाटा भएको थियो । यता, अमेरिका भने त्यतिकै ठूलो आँकडामा ब्यापार नाफामा थियो । यो खराब ब्यापार घाटासँगै अमेरिकाले सामान पठाउने देशको सूचीमा नेपाल १६५औं स्थानमा रहेको थियो ।
अमेरिकाले नेपाल मूलत: भ्याक्सिन, रगत, एन्टिसेरा, विषाक्त पदार्थ, सोयाबिन,कम्प्युटर, सोयाबिन खाना निर्यात गर्ने गर्छ भने अमेरिकाले नेपालबाट ऊनी गलैंचा, फलाम तथा स्टिलका सामान, तयारी पोशाक, धागो र पश्मिना, छुर्पी, हस्तकला, अलैंची, चिया, कफी, फलफूल, तरकारीको जुस र जडिबुटी आयात गर्छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया