प्रदीप भट्टराई
अमेरिकाको पेन्सेल्भेनिया राज्यको योर्कमा एक नेपाली भाषी भुटानीको सवारी दुर्घटनामा निधन भएको छ। भारी हिमपात भएको योर्कमा खराब मौसमका कारण गाडी दुर्घटना हुँदा उनको मृत्यु भएको हो। उनी जोसेफ विश्व भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन्। मंगलबार गाडीमुनी बेहोस अवस्थामा भेटिएका उनको उपचारको क्रममा स्थानीय अस्पतालमा निधन भएको बताइएको छ।
४१ वर्षीय जोसेफ नेपाली भाषी भुटानी भएको स्थानीय नेपाली भाषी भुटानी समुदायका अगुवाले पुष्टि गरेका छन्। उनको शनिबार अन्तेष्टि गरिने बताइएको छ।
जनवरी १२ यता हिउँको कहर भोगिरहेको अमेरिकामा हिमपातका कारण चलेको चिसो आँधी र सवारी दुर्घटना परी मर्ने जोसेफ एक्लो व्यक्ति हैनन्, अहिलेसम्म विभिन्न नौ राज्यमा गरी ४० जनाको मृत्यु भैसकेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
धेरैजसो मृत्यु हुनेहरू टेनेसी, इलिनोय, कान्सास, मिसिसिपी, न्युयोर्क, ओरेगन, पेन्सिल्भेनिय र विस्कन्सिन राज्यका रहेका छन्। टेनेसी राज्यमा मात्र १४ जनाको मृत्यु भएको हो ।
अझै पनि अमेरिकाको मौसम प्रतिकुल नै छ। कयौ राज्यमा परेको हिृउँ अझै बिलाउने कुनै छाँट देखिएको छ । हिउँ परेपछि निरन्तर तापक्रम माइनस रहेकाले पनि हिउँको कहर अरू बढेको हो । केही राज्यमा थप हिमपात भैरहेको छ ।
हिमपातका कारण अमेरिकी जनजीवन नराम्ररी प्रभावित भएको छ। कतिपय हवाइ उडान रद्द गरिएका छन्, शैक्षिक संस्थाहरू पनि बन्द छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया